
तिलोत्तमा २०७८ बैशाख १ गते। रुपन्देहीमा ७ जना जुवाडे पक्राउ परेका छन् । मंगलबार दिउँसो सैनामैना नगरपालिका–१० भचगई स्थितको गाहा होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई १६ हजार २५० रुपैया र ३ गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सैनामैना नगरपालिका–१० का ३५ वर्षीय विजय कुमार सारु, सोही ठाउँका ४५ वर्षीय वि बहादुर बस्नेत, ५६ वर्षीय चाम बहादुर गाहा पाल्पाको रैनादेवी छहरा गाँउपालिका –८ का ५२ वर्षीय रेम बहादुर राना, सोही गाउँपालिकाको वडा नम्बर ७ का ३८ वर्षीय ओम बहादुर बलाल,३७ वर्षीय देवेन्द्र पुन र वडा नम्बर ६ का ४० वर्षीय कुल बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीमा राखिएको छ ।
कमेन्ट गर्नुहोस्