लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोजगारी सिर्जना प्राथमिकतामा’‘कार्यान्वयन योग्य कार्यक्रममात्र बजेटमा पर्छन्

IMG

३१ चैत, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा कार्यान्वयन हुन नसक्ने कार्यक्रमलाई सरकारले स्थान नदिने बताएका छन् । प्रतिनिधिसभा, अर्थसमितिको मंगलबार बसेको प्रि-बजेट छलफलमा भाग लिँदै अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका कार्यक्रमलाई भने प्राथमिकतामा राख्ने जानकारी गराए ।विगतमा बजेटमा कार्यक्रम राख्ने तर कार्यान्वयन नहुने परिपाटीले स्रोतको उचित उपयोग हुन नसक्ने अवस्था रहेको भन्दै उनले यो प्रवृत्तिमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी आवको बजेट कोरोना महामारी र यसले सिर्जना गरेको कठिन परिस्थितिसँग जुध्न समेत उपयोगी हुने गरी ल्याइने उनको भनाइ छ । आर्थिक पुनरुत्थानका कार्यक्रममा सरकारले ध्यान दिने अर्थमन्त्री पौडेलको भनाइ छ ।


राष्ट्रिय गौरव र ठूला आयोजनालाई बजेट सुनिश्चित गरिएको उनले जानकारी दिए । संविधान, पार्टीको घोषणापत्र, १५ औं आवधिक योजना र समृद्ध नेपाल सुखी नेपालको नारा सफल बनाउने गरी बजेट निर्माण गरिने उनको भनाइ छ । नेपाललाई अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नती गर्न आवश्यक मापदण्ड पूरा गर्न बजेट केन्द्रित हुने उनले जानकारी दिए । उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी बजेट आउने उनको भनाइ छ ।कोभिडको संक्रमण बढ्दै गइरहेको सन्दर्भमा आगामी दिन अझै अनिश्चित रहेको भन्दै उनले यसको सामना गर्नुको भने विकल्प नरहेको बताए । यो वर्ष लक्ष्य अनुसार नै राजस्व संकलन हुने भन्दै उनले आगामी वर्ष समेत राजस्वको लक्ष्य वैज्ञानिक तवरबाट तय हुने उल्लेख गरे ।मंगलबार समितिले बजेट पूर्व चालु आवको बजेट खर्चको अवस्था, राजस्व संकलन, आगामी बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग छलफल गरेको हो ।

कमेन्ट गर्नुहोस्