
तिलोत्तमा २०७७ चैत्र ३१। गुल्मी दिगाम रुपन्देही सम्पर्क समाजले सोमबार शुभकामना आदनप्रदान तथा २०७८ को क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । गुल्मी दिगाममा जन्म भइ विभिन्न शिलशिलामा रुपन्देही जिल्लामा बसोबास गर्दै आएकाहरु बिच एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यले स्थापना गरिएको समाजले विभिन्न कार्यहरू गर्दै आएको छ । शुभकामना तथा भित्ते पात्रो बिमोचन कार्यक्रमका अतिथी तथा समाजका सल्लाहकार ऋषि भन्डारीले रुपन्देही सम्पर्क समाजलाई सबै जनाले खुल्ला दिलले साथ दिएमा सामाजिक संस्थालाई अगाडी बढाउन सजिले हुने बताउनु भयो ।जहाँ रहेता पनि एक डाडा बाट अर्को डाडामा गएर कुराकानी गर्ने दायित्त जहाँ थियो त्यो संस्थामा हुनुपर्दछ, वहाँले भन्नुभयो।
संस्थाका संस्थापक अध्यक्ष टिकाराम न्यौपानेले गुल्मी दिगाममा रहेका दुखी ,गरीब ,असाहय ब्यक्तिहरुको हेरविचार गरी अझ जागरुका साथ लागेर काम गनुपर्ने सूझाव राख्नु भयो । भित्तेपात्रो प्रकाशनका संयोजक तथा संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले हिजोका दिन र आजको यो विषम परिस्थितिमा संस्थालाई बलीयो बनाउनका लागी विज्ञापन दिएर सहयोग पुर्याउनुभएको भन्दै सम्पुर्णलाई धन्यवाद सहित शुभकामना व्यक्त गर्नुभयो । समाजका अध्यक्ष केशव पन्थले समाजको हितको लागी कर्मथलोलाई छोडर आए पनि गुल्मीको माटोलाई झल्काउने गरि अझ बलीयो माध्यम बनाएर अगाडी बड्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।गुल्मी दिगाममा जन्मिएर विभिन्न पेशा ब्यबसायमा आवद्द ,बसाइँसराइ गरि आउनु भएका ब्यक्तीत्वहरुको सहभागीता रहेको कार्यक्रमको संचालन सस्थाका सचिव केशवराज पन्थले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्