लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको जंगलमा भेटीएको घाइते मृगको मृत्यु

IMG

तिलोत्तमा २०७७ चैत्र ३०। रुपन्देहीको तिलोत्तमा नगरपालिका  वार्ड नम्बर-८ स्थित प्रदिप नगर जंगलमा घाइते आवस्थामा भेटिएको बाह्र सिंगे मृग ( (भाले जरायो)को मृत्यु भएको छ। करहिया सामुदायिक अनमा भेटिएको मृगलाई घांटी र ढाड र अण्डकोश  गरि ३ ठाउमा गोलि लागेको चोट थियो, स्थानिय सुबाश खत्री क्षेत्रीले बताउनुभयो। चोट लागेको ठाउमा घाउ बढेर किरा समेत परिसकेको शंकरनगर बनबाटिकाका उपाध्यक्ष खेमलाल पाण्डेले बताउनुभयो।  हामी स्थानियले भेटेपछि खबर पाउने बित्तिकै जिल्ला बन कार्यालयको गाडी बोलाएर उपचारको लागि लैजादै गर्दा बाटोमै सो मृगको मृत्यु भएको बताउनुभयो। 


करहिया सामुदायिक बनको ज्योतिनगर फिल्ड नजिकै भेटिएको सो मृग १० /१२ दिन पहिलेकै घाइते भएको अनुमान पाण्डेले गर्नुभएको छ। सो घाइते मृगलाई स्थानियले देखेपछि खबर गरेको स्थानिय जनप्रतिनिधि तिलोत्तमा नगरपालिकाका वार्ड नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताउनुभयो। सो मृगलाई शंकरनगर बन बाटिकाले ब्यबस्थापन गर्ने उपाध्यक्ष पाण्डेले बताउनुभयो।  





कमेन्ट गर्नुहोस्