लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल

IMG

तिलोत्तमा २०७७ चैत्र २८ गते। नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ निर्वाचन समितिका सदस्यकाअनुसार आज दिउँसो सकिएको मतगणनाअनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जित हासिल गरेको छ । निर्वाचन समितिले आज साँझ ५ बजे ममहासङ्घ केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।


अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।शनिबार सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् ।एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघसहित ९ वटा संघको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले ३ हजार ९१५ मत पाएकी छन् । अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले ४९१ मत पाएका छन् ।



महासंघकाअनुसार अध्यक्षमा पोखरेल भारी मतले निर्वाचित भएका हुन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, महासचिवमा रोशन पुरी, उपाध्यक्ष समावेशीमा उदय जिएम निर्वाचित भएका छन्। त्यस्तै, खुला सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटसमा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएको महासङ्घले जनाएको छ ।


प्रेस चौतारी नेपाल, मिडिया नेपाल, प्रेस मञ्चसहितको प्यानलबाट निर्वाचनमा होमिनुभएका निर्मला शर्मा नेतृत्वको प्यानलले केही जिल्लामा जित सुनिश्चित गरे पनि नेतृत्व पङ्तिमा हार व्यहोरेको महासङ्घ निर्वाचन समितिले जनाएको छ । प्रेस युनियन, प्रेस सेन्टरसहित ११ संगठनको प्यानलमा पोखरेल नेतृत्वको समूहले उम्मेदवारी दिएको थियो । त्यस्तै, प्रेस चौतारी नेपाल, प्रेस मञ्च, मिडिया नेपाल लगायतका संगठनको प्यानलमा निर्मला शर्मा नेतृत्वको समूहले प्रतिस्पर्धा गरेको थियो ।महासंघमा ओली समूह निकट प्रेस चौतारीको एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए । 


कमेन्ट गर्नुहोस्