लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमालाई डिजिटल शहर बनाउन हरेक पसल व्यवसायमा क्यू.आर. कोड अनिबार्य

IMG

तिलोत्तमा २०७७ चैत्र १६। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले क्यासलेस (बिना नगदी) कारोबारका लागि नगरभरीका सबै व्यापार व्यवसायमा क्यू आर कोड राख्ने भएको छ । डिजिटल नगर निर्माणको अभियान स्वरुप वडा तथा टोलमा रहेका सम्पूर्ण साना-ठूला व्यापार व्यवसायहरुमा क्यूआर कोड अनिवार्य गर्नका लागि सेवाप्रदायक संस्थाको नाममा सूचना जारी गरेको छ ।


सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाले निःशुल्क रुपमा क्यू आर कोड वितरण गर्नुका साथै निःशुल्क खाता खोल्ने गरि ७ दिनभित्र नगरको कार्यालयमा आवेदन दर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सेवा प्रदायक संस्था बैंक तथा वित्तीय संस्थाहरुको निवेदन मिति तथा त्यसका सेवा कार्यालयको संख्या र स्थानको अध्ययन गरी छनोट गरिने जनाएको छ । छनोट भएका बैंक तथा वित्तीय संस्थाले छनोट भएको २ महिनाभित्र आफूले जिम्मा लिएका नगर क्षेत्र तथा वडाका व्यापार, व्यवसायहरुमा निःशुल्क खाता खोल्नुका साथै उपभोक्तालाई निःशुल्क क्यू आर कोड वितरण गर्नूपर्ने छ ।

कमेन्ट गर्नुहोस्