लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६ वर्षपछि रंगशालामा सिनियर टिम,दर्शक भरिभराउ

tillotmacitynews - 2021 Mar 26 07:37 AM
IMG

तिलोत्तमा २०७७ चैत्र १३। घरेलु मैदान । घरेलु टिम । घरेलु दर्शक । तर खेलमा न गोल भयो न त नतिजा नेपालले अपेक्षा गरे जस्तो आयो ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कप फुटबल अन्तर्गत नेपालले बिहीबार किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेलेको थियो ।त्रिदेशीय कपको दोस्रो खेलमा नेपालको सिनियर र किर्गिस्तानको ओलम्पिक टिम खेल्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा करिब ७ हजारको संख्यामा दर्शक उपस्थित थिए ।नेपाली खेलाडीले खेलमा आधा दर्जन भन्दा बढी अवसर पाए पनि गोल गर्न भने सकेन । आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानको युवा टिमसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो। यो नतिजाले प्रतियोगिताको अर्को टिम बंगलादेश भने फाइनल पुगेको छ । अब शनिबार हुने नेपाल र बंगलादेशको खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।



नेपालले बंगलादेशसँग बराबरी खेलेे मात्र पनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न भने शनिबार हुने खेलको नतिजा किर्गिस्तानकै अनुकूल आउन पर्छ। दशरथ रंगशालमा नेपालको सिनियर फुटबल टिमले सन् २०१५ पछि पहिलो पटक खेलेको हो । गत वर्ष मंसिरमा भएको १३औं सागमा नेपालको यू-२३ टिमले फुटबलमा स्वर्ण जिते पनि त्यो सिनियर स्तरको थिएन । त्यसैले ६ वर्षपछि दशरथ रंगशालमा सिनियर टिमको यो पहिलो खेल रह्यो ।यस्तै यसै प्रतियोगितामार्फत राष्ट्रिय टिममा पहिलो पटक परेका तीन खेलाडी सन्जोग राई, त्रिदेव गुरुङ र निशान खड्काले सिनियर टिममा पहिलो पटक खेले । मिडफिल्डद्वय सन्जोग र त्रिदेवले पहिलो रोजाइमा खेले भने निशानले अन्तिम चार मिनेट अवसर पाए ।बराबरीपछि नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अहिले उपलब्ध भएको मध्ये बेस्ट टिम खेलाएको तर फरवार्ड स्कोरिङमा चुक्दा नेपालले स्कोर गर्न नसकेको बताए । उनले अट्याकिङ थर्डमा देखिएको समस्या अर्को खेलमा सुधार गर्दै राम्रो गर्ने बताए ।महर्जनले बंगलादेश विरुद्धको अर्को खेलमा अंक जोड्दै फाइनल पुग्ने बताए ।

कमेन्ट गर्नुहोस्