
तिलोत्तमा २०७७ चैत्र १२। यस बर्ष नेपालमै उत्कृस्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालीकाका ठेकदार समेत नमुना नगरपालिकाको अभियानमा साथ् छन्। तिलोत्तमा नगरपालिकाअन्तर्गतको भलवारी, ड्राईवरटोल ,कोटीहवा र सेमरा हाटबजारका संयुक्त ठेकदारहरुले बजारमा ब्यबसाय गर्ने ब्यापारी तथा किनमेल गर्न आउने ग्राहकहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्न सचेतना जगाउदै आफै उपस्थित भै मास्क तथा सेनिटाइजर बितरण गरेका छन्।
हाटबजार ठेकदार बिष्णु पासाका अनुसार कोरोना महामारी फेरी फैलन सक्ने भएकाले शुरुमै सचेत रहन आग्रह गर्दै आफु पनी बाचौ र अरुलाई पनी बचाऔ भन्ने उदेश्यले सो कार्य गरेको बताउनुभयो। तिलोत्तमा हाटबजार समिती र हाटबजार ठेकदारहरुद्वारा बजारका ब्यपारी र किनमेल गर्न आउने सम्पुर्ण उपभोक्ताहरुलाई मास्क र सेनिटाइज़र प्रयोग गर्न सुझाएका थिए भने अब आइन्दा मास्क लगाएर र सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाउन आग्रह समेत गरेका छन्। तिलोत्तमाका ४ जना हाटबजार ठेकदार बिष्णु श्रेष्ठ (पासा ), तिलक रोक्का,राजु गुरुङ,अरुण मजुन्दर र कृष्ण गुरुङले सो सहयोग तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। उनीहरुले बजार आउदा प्लास्टिक जन्य झोला भन्दा फाइबर युक्त झोला तथा घरमै निर्माण भएका झोला ल्याए सरसफाइमा समेत टेवा पुग्ने बताएका थिए।
कमेन्ट गर्नुहोस्