लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निखिललाई हेर्न र सेल्फी खिच्न दर्शकको भिड

IMG

तिलोत्तमा सिटी  ,२०७७ चैत्र ८ । अभिनेता निखिल उप्रेती, ‘जात्रा’ निर्देशक प्रदीप भट्टराई, कवि एवम् गीतकार दिनेश अधिकारी एकसाथ सम्मानित भएका छन् । शनिबार सर्लाहीको हजरियास्थित खेल मैदानमा आयोजित ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ कार्यक्रममा उनीहरुलाई आ–आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।कलाकार र पत्रकारसहित १७ जना सम्मानित भएको कार्यक्रममा गायक शिव परियार, हाँस्यकलाकार शिवशंकर रिजाल (जोगेन्दर),महिला निर्देशक सम्झना उप्रेती रौनियार, सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराई, रंग पत्रकार प्रदीप कार्की, गायक यशकुमार, निर्देशक पुर्णेन्द्र झा, संगीतकार टिका बम्जन, पत्रकार दिवाकर मैनाली, गायक कमल खत्री, कलाकार विजय बराल, मोडल कविता नेपालीले समेत सम्मान पाएका थिए ।


कार्यक्रमभन्दा अगाडि कलाकारहरुलाई टायरगाढामा राखेर भव्य र्याली समेत निकालिएको थियो । निखिल उप्रेतीलाई हेर्न र सेल्फी खिच्न दर्शकको भिडनै लागेको थियो । कार्यक्रममा अभिनेता निखिल जन्मथलोमा सम्मानित हुन पाउँदा खुसी लागेको बताए ।नगरपालिका प्रमुख देवानन्द महतोले कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्ला चिनाउनेलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए ।  रंग पत्रकार नविन गिरी र स्थानीय नविन यादवको संयोजनमा भएको सम्मान कार्यक्रममा काठमाडौंबाट पुगेका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति समेत दिएका थिए ।  कार्यक्रमले अगामी वर्षमा पनि निरन्तरता पाउने संयोजक गिरीले बताए ।

कमेन्ट गर्नुहोस्