
तिलोत्तमा, चैत्र ४ गते २०७७। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ प्रदीपनगर निवासी दिनानाथ पाण्डेकी छोरी खुशी पाण्डेको उपचारमा सहयोग पुर्याउन अमेरिकामा रहेका नेपालीहरुले संकलन गरेको रकम परिवारलाई हस्तान्तरण गरिएको छ ।अमेरिकाको जर्जियाबाट नारायण चालिसे तथा जयलाल शर्माको पहलमा संकलन गरिएको १ लाख ९९ हजार ६१३ रुपैंयाँ परिवारलाई हस्तान्तरण गरिएको हो । तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित ११ वर्षीय खुशीको उपचारको क्रममा केही दिनअघि निधन भएको छ । स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा सहयोग रकम परिवारलाई हस्तान्तरण गरिएको हो । ३ दर्जन सहयोगीहरुबाट संकलन गरी रकम सहयोग गरिएको हो ।
कमेन्ट गर्नुहोस्