लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दलित पत्रकार संघमा विनोद पहाडी चयन,४१ सदस्यीय केन्द्रिय कमिटि

IMG

तिलोत्तमा २०७७ चैत्र १। राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा विनोद पहाडी चयन भएका छन् । बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले पहाडीको नेतृत्वमा ४१ सदस्यीय केन्द्रिय कमिटीको गठन गरेको हो ।संघको संस्थापक अध्यक्ष पहाडी पुनः अध्यक्षमा सर्वसम्मत चयन भए । संविधान सभा सदस्य रहिसकेका उनी नेपाल पत्रकार महासंघ रुपन्देहीका  पुर्वअध्यक्ष समेत हुन ।


महाधिवेशनले  वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली, खुल्ला उपाध्यक्षमा मिलन परियार, प्रदेश उपाध्यक्षहरुमा पर्वर पर्तेल, भोला पासवान, बुद्धि  बिश्वकर्मा, दिपक परियार, विनोद परियार, टेकेन्द्र बिश्वकर्मा  र करन ताम्राकारलाई चयन गरेको छ ।यस्तै कमिटिको महासचिवमा लक्ष्मण दर्नाल चयन भएका छन् भने सचिवमा सन्तोष गन्धर्व,  रिता बुढाथोकी र बिरु नेपाली चयन भएका छन् ।कोषाध्यक्षमा भिम बहादुर घिमिरे सर्वसम्मत चयन भए ।त्यस्तै केन्द्रीय सदस्यमा  खुल्लातर्फ प्रेम सुनार,  अम्मर सुनार, राधेश्याम बिक, प्रमिण  गजमेर, सरिता बराइली, मानसिंक बिक, पिबि दियाली, फुलु सुनार, सञ्जय सौगात , राजेश  सुनाम, वसन्त बिक, भिम बहादुर नेपाली गन्धर्व, राजन गाउँले, वसन्त बिश्वकर्मा,  किशान  सङ्गित नेपाली चयन भएका छन् ।


यसैगरी महिला सदस्यमा पुर्णिमा जनला, राधा नेपाली, अनित कुमारी, सुनित नेपाली, शान्ती गज्मेर र मालती वि.क चयन भएका छन्।महाधिवेशनबाट ३ सदस्यीय अनुशासन आयोग समेत  गठन गरिएको छ ।शुक्रबारबाट सुरु भएको महाधिवेशनको पुर्वप्रधानमन्त्री तथा नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए भने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले सम्बोधन गरेका  थिए । 

कमेन्ट गर्नुहोस्