
तिलोत्तमा, फागुन २९ गते २०७७। रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगरमा भएको मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यू भएको छ भने अर्का एक व्यक्ति घाईते भएका छन। शुक्रबार राती बुटवलबाट आफ्नो घर तिलोत्तमा-७ भलवारी डाडामा आउदै गरेका थमन राना र मंगरा चौधरी सवार बाईक सडकमा रहेको गोरुसंग ठोक्किएर अनियन्त्रित भै पल्टिदा मृत्यु भएको र चौधरी घाईते भएको प्रहरीले जनाएको छ। लु २२ प २७७१ नम्बरको मोटरसाईकल गोरुसंग जुधी अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा सवार तिलोत्तमा-७ भलवारी डाडा निवासी ४३ बर्षीय थमन रानाको घटनास्थलमै मृत्यु भएको हो भने मंगरा चौधरीको खुट्टा भॉचिएर क्रिमसन अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाइ छ। घटना के कसरि भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।
कमेन्ट गर्नुहोस्