लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका विभिन्न शिवालयमा भक्तजनहरुको घुइँचो

IMG

तिलोत्तमा २०७७ फागुन २७। महाशिवरात्रिको अवसरमा आज तिलोत्तमा र यस आसपास क्षेत्रमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा बिहिबार बिहानैदेखि तिलोत्तमा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको हो ।विशेषरी वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्ति पूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् ।


आज बिहानैदेखि तिलोत्तमा नगरपालिकाका नन्देश्वर महादेव दक्षिणटोल मणिग्राम, सिद्धेश्वर महादेव मन्दिर शान्तिकुञ्ज जोगिकुटि, नर्मदेश्वर महादेव १० नम्बर नयामिल, दुर्गा बैदिक शिव मन्दिर नयामिल जनसेवा क्लब देबिश्थान, शारदा स्कुल मन्दिर शंकरनगर, शिवचोकको महादेव मन्दिर, मोक्षधाम भलवारी, श्रीन्गेश्वर धाम डिङ्गरनगर र जोगिकुटी चोक स्थित शिव मन्दिर लगायतका तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी जल र गाईको दूध चढाउन लामबद्ध रहेका थिए। तिनाउ नदीको बहाव लिएर तिलोत्तमा प्रवेश गरेको छत्तिस खोला किनारस्थित सिद्धेश्वर महादेव मन्दिर शन्तिकुञ्ज जोगिकुटिमा पछिल्लो समय भक्तजनको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । मन्दीरमा अन्य दिन समेत नियमित पुजा अर्चना हुनेगर्दछ। त्यसैगरी महाशिवरात्रिका दिनमा झन् दर्शन गर्ने दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।


त्यस्तै तिलोत्तमा -९ मा रहेको नन्देश्वर महादेव मन्दिर दक्षिणटोलमा समेत दर्शनार्थीको घुइचो नै लागेको छ।  रातभरि जागाराम बस्ने गरी अखण्ड भजन कृतन गरी शिवरात्री मनाउने सो मन्दिरमा गत बर्ष भन्दा अहिले अधिकरुपमा दर्शनार्थीहरुको घुइचो देखियो। अघिल्लो बर्ष सम्पन्न महायज्ञबाट संकलित रकममा संघिय सरकार र प्रदेश सरकारको २० लाख , तिलोत्तमा नगरपालिकाको १० लाख र अरु मन्दिर समितिले रकम जम्मा गरी नया हलसहितको भवन निर्माण गरी त्यस स्थलको लागि चाहिने जग्गा समेत किनेको सस्थापक सचिव तथा सल्लाहकार हरि प्रसाद पाण्डेले बताउनुभयो। नियमित पुजारी राखेर मन्दिरको गरिमा बढाउदै आएको मन्दिरको अझै निर्माण सम्पान्ना गर्न करिव ३० लाख आवश्यक रहेको निर्माण समितिका अध्यक्ष बिष्णु पाण्डेयले बताए।सो मन्दिरमा संघर्षशील आमा समूहले सम्पूर्ण पुजा ब्यबस्थापन गरेको छ भने लक्ष्यवर्ति हवन लाखबत्ती , रुद्री लगायतका पुजा सकिएको र रातभरि अखण्ड भजन कृतन रहने मन्दिर समितिका अध्यक्ष काशिनाथ पाण्डेले बताए। मन्दिरमा अझै सार्बजनिक शौचालय पुजारी कोठा, हल माथि कोठा निर्माण गर्न अझै बाकि रहेको पाण्डेयको भनाइ छ।  


त्यस्तै शिवरात्रि पर्वको दिन दुर्गा बैदिक देवीस्थान मन्दिरमा १०८ शिवलिंगमा जल चढाउन र भगवान् शिवको पूजाआराधना गर्नका लागि तिलोत्तमासहित छिमेकी स्थानिय तहदेखि मानिसहरू दर्शन गर्नका लागि आउने गर्दछन् । महाशिवरात्रिको पावन अवसरमा मन्दिर व्यवस्थापन समितिले विशेष पूजाका साथै रुद्री लगायतका अनुष्ठानको आयोजनागरेको थियो। भक्तनको घुइँचो बढेपछि मन्दिरका सबै ढोका खोलेर मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको मन्दिरका आश्रमाधिपति श्री १००८ स्वामी बिबेकानन्द सरस्वती जी महाराजले बताए । 


पूजाको थालीसहित मन्दिर दर्शन गर्न आएका भक्तजन मन्दिरमा भजनकीर्तन गरी नाचगान समेत गरेका छन ।यसैगरी शिव चोक र शारदा स्कुल नजिक रहेको शिवालय मन्दिरमा पनि विशेष पूजा आजा लगाइएको छ। 


व्रतमध्ये सर्वोत्कृष्ट मानिने महाशिवरात्रिका दिन भक्तजन व्रत बस्दै भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन छ । आजको दिन विभिन्न सार्वजनिक चोक र मठमन्दिरमा काठका मुढा बालेर धुनी जगाई भजनकीर्तन गर्ने प्रचलन छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । 


  निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन्। शिवरात्रि पर्वलाई पर्वको राजा समेत भनिन्छ । शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।महाशिवरात्रिको अवसरमा तराइका कतिपय जिल्लामा ध्वनी सहित उखु पड्काउने चलन समेत रही आएको छ। 

कमेन्ट गर्नुहोस्