लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्थमन्त्रीलाई आफैले बुनेको ढकिया दिईन नगर उपप्रमुखले

IMG

तिलोत्तमा २०७७ फागुन २६। तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन फागुन २० गते उद्घाटन हुने मिति तय भयो। कार्यक्रमलाई सबै तबरले राम्रो र भब्य अनि सभ्य बनाउने कोसिसमा नगर लाग्यो। आखिर भयो पनि त्यस्तै , विराजमान बसाइ, उल्लेख्य उपस्थिति, मंच र नगरपालिका भवनको सजावटले जो कसैको मन खिच्न सक्थ्यो।  स्थानिय उत्पादनका फूलले सजाइएको नगरको मूल ढोका देखि ४ ताला सम्मको फुल मदानी र माला तथा केहि आर्टिफ़िसियल फूलले झकिझकाउ देखिन्थ्यो नगर भवन।  


कर्मचारीको अतिथि सत्कार स्वागत र हार्दिकताले स्थान पाइरहेकै थियो।  सुनमा सुगन्ध कार्यक्रम उद्घोषक नगरपालिका कार्यपालिका सदस्य तथा नगरका प्रबक्ता सुरेन्द्र श्रीको संचालनमा मिठो कार्यक्रम बनेको थियो।  सबैको नगरप्रतिको माया सद्भाव र सुझाव सल्लाह र होस्टेमा हैसेले नगर प्रमुख लामो कार्यक्रममा समेत प्रफुल्ल देखिन्थे। अर्थमन्त्री बिष्णु पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा कार्यक्रमको अन्तिम सम्म बस्दा समेत पट्यार लाग्दैनथ्यो।  विभिन्न मुर्ति बनाउने देखि नगरको सो जग्गा रोकेर राख्ने कुञ्जलापुर बासीलाई सम्मान गरियो।  अब मायाको चिनो दिने पालो आयो प्रमुख अतिथिलाई। नाम उच्चारण भयो सबैको क्यामेरा तेर्सियो सो मायाको चिनोमा।  मंचका सबै खुसि देखिए।  मायाको चिनो थियो ढकिया। 


अघिल्लो दिन आफ्नै हातले बुनेर सजाएकि नगर उप प्रमुख जागेश्वर देवी चौधरीले बुनेको सो ढकिया अन्तत: अर्गानिक मायाको चिनो बन्यो। थारु सस्कृतिको बिशेस पहिचान र कला अनि मेहनतले भरिएको सो ढकिया नगर उपप्रमुख जागेश्वर देवी चौधरीले अर्थमन्त्री बिष्णु पौडेल कै लागि बुनेकी थिईन।  नगर उप प्रमुख चौधरी भन्छिन : " अहिले सस्कृति मासिदै गएको बेलामा यस्तो कलात्मक बस्तुले स्थान पाउनु सबैभन्दा ठुलो कुरा हो, हाम्रै स्थानिय उत्पादनले विदेशबाट आयातित पुरष्कार र सजावटका सामाग्री आउदा यस्ता पहिचान बोकेका बस्तु तथा सेवा ओझेलमा परेको हो। यस्ता सामग्रीको उचित पहिचान र जोड दिनुपर्छ। " 


थारु सस्कृतिमा बिशेस भाडाको रुपमा लिइएको ढकिया पुजाका समान राखी मन्दिरमा समेत लगिने हुदा यस्ता सामग्रीको बजार बिस्तार गरेर कलाको उचित सम्मान गर्न आवश्यक भएको नगर उप प्रमुख जागेश्वर देवी चौधरीले बताइन्।  उनि भन्छिन -" मलाइ बिश्वास छ,अर्थमन्त्रि ज्युले यो हाम्रो नगरपालिकाको उपहारलाई सधै सम्झिनु हुनेछ र यसको उचित प्रयोग गर्नुहुनेछ।  अहिले तिलोत्तामामा थारु सस्कृति झल्काउने सखिया थारु होमस्टे संगै अपन रिसोर्ट ( बोहिया कोटिहवा ) संचालनमा छन्। जसले केहि भएपनि थारु सस्कृति र पहिचानको जगेर्ना गरेको देखिन्छ।  



कमेन्ट गर्नुहोस्