
तिलोत्तमा फागुन २६। तिलोत्तमा नगरपालिकाको आठौं नगरसभा सम्पन्न केवालानीमा सम्पन्न भएको छ। नगरप्रमुख बासुदेब घिमिरेको अध्यक्षतामा सम्पन्न नगरसभाले , नगर उपप्रमुख जागेश्वरी चौधरीबाट प्रस्तुत गरिएको विभिन्न प्रस्ताबमा निर्णय गरेको छ। नगरको चालू र पुजिगत खर्चको संशोधन, बजेट योजना तथा कार्यक्रम संशोधन,नदिजन्य पदार्थको राजस्व दर अनुमोदन, राजस्व दर, चालू आर्थिक बर्षदेखि हालसम्म न्यायिक समितीको प्रतिबेदन लगायतका निर्णयहरु भएका छन्।
नगरसभाले तिलोत्तमा नगरपालिकाको सहकारी ऐन २०७४ को प्रथम संशोधन र नगरपालिकाको संगठन संरचना तथा दरबन्दी लगायतका नीतिगत निर्णय सर्व सहमतिमा पारित गरेको छ । विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझाव सहित कार्यपालिका सदस्य ,नगरसभाका सदस्यहरुले राख्नुभएको भनाई र नगरको प्रसासनिक नीतिको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले आबश्यक सहजीकरण गर्नुभएको थियो । नगरसभामा सबै वार्ड अध्यक्ष एबम कार्यपालिका सदस्य कर्मचारीहरुको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्