
तिलोत्तमा,२०७७ फाल्गुन २५। एकहप्ता अगाडी मात्रै मणिग्राम चोकमा एक कारलाइ दाया मोड्ने क्रममा एक मोटरसाइकलले ठक्कर दिएर रंग साइड भाग्यो। त्यसको एक हप्ता अगाडि मणिग्राम स्थित १२ नम्बरका ३ पसल रातारात चोरीए। १२ नम्बरकै एक महिलाले पालेको घरको खोर बाट बाख्राका माउसहित पाठा पाठी हराए। तर सिसि टिभि फुटेज हेर्दा समेत ति चूर्को आकृति भेटियो तर चोर फेला पर्न सकेनन। पछिल्लो समय तिलोत्तमा नगरपालिकाका केहि स्थानमा चोरीका घटना दिनप्रति दिन बढिरहेको छन् ।
चोरीका घटनाहरु बढिरहेका बेला नगरभित्र स्थानिय तह या व्यक्तिगत रुपमा जोडिएका सि.सि.टीभी. क्यामराको निगरानीको काम भने नाम मात्रैको भएको छ । जसले गर्दा मणिग्राम चोक मै भएको दुर्घटना गराएर भाग्ने हरुपनि लापत्ता हुन सफल भएका छन्। दिउसै सदाका पार्किङ्गबाटै सवारी साधानहरु चोरीहुने क्रम बढ्ने गरेका छन् । नगरपालिका कै मुर्ति फोड्ने र रुख काट्ने हरुको आकृति समेत स्पस्ट देखियो तर ति व्यक्ति फेला परेर कारबाही गरेको सुन्न पाइएन। त्यस्ता घटाना दिन–प्रतिदिन बढिरहेको समयमा यस क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामराको काम भने प्रभावकारी नभएको पाइएको छ ।
यसरी बजारमा चोरीका घटनाहरु बढिरहेसँगै सुरक्षा निकाय र स्थानीय सरकारले अब सोच्ने पर्ने बेला भएको छ। जसको लागि स्थानीयको सहभागितामा सहकार्य गरी राम्रो क्वालिटीको सि.सि.टिभी क्यामराको व्यवस्था गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ। कतिपय स्थानमा बैंक तथा बित्तिय संस्थाहरु र व्यक्तिले पनि सिसिभिटी क्यामरा जडान गरेका पनि छन् । तर, बजारबाटै चोरीका घटनाहरु बढनुले सुरक्षा माथि प्रश्न उब्जाएको छ ।
कमेन्ट गर्नुहोस्