
तिलोत्तमा,फागुन २१ । मानब कल्याण मित्र मञ्च नेपाल द्धारा नेपाली नारिका समस्या र समाधानका उपायुभन्ने शिर्सक मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिका भित्र रहेका समुदायिक माध्यमिक विद्यालय अध्ययनरत छात्रहरुको बिच प्रतियोगिता भएको थियो।
सो कार्यक्रममा बोल्दै नगर उप प्रमुख जागेश्वरि देवी चौधरीले शिक्षा, स्वास्थ्य, नोकरी अथवा सबै क्षेत्रको सहभागिता हेर्दा कसैले आरक्षण नदिए पनि आफैंमा सशक्त र सक्षमताका साथ उत्तरदायित्व निर्वाह गर्न सक्नेहरूको संख्या बढ्दै गएको भन्दै घरमा छोरा र छोरी भनेर गरिने भेदभाव कम हुँदै गएको र सबैलाई शिक्षा भन्ने नारासहित छोरीहरू शिक्षित हुँदै जाने परम्पराको विकास भएको बताउनु भयो।
यस गरि मोतिपुर उच्च माध्यमिक विद्यालयका प्रान्ध्यापक पुरुषोत्तम भट्टराईले महिला र पुरुषको आफ्नै आकर्षण र अस्तित्वले त यो संसार सुन्दर एवं आकर्षक भएको बताउनु भयो।विद्यालय व्यावस्थापन समिति अध्यक्ष सरद भट्टराई,शान्ति नमुना स्कुल का प्रध्यापक कुल प्रसाद लामिछानेले शुभकामना दिनु भएको थियो। मानब कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालको अध्यक्षता र मञ्चका सदस्य यादा क्षेत्री स्वागतसंगै मञ्चका सचिव कविता पन्थीको संचलनमा भएको थियो । तिलोत्तमा नगरपालिका भित्रका दश वटा सामुदायिक विद्यालय सहभागी भएका थिए। कार्यक्रममा शान्ति नमुना मा.वि. कि सृष्टि खरेल प्रथम , सेमरा मा.वि. कि प्रिया वि.क. द्वितीय र भुल्के मा.वि. कि द्विका पल्लि तृतीय भएका थिए ।
कमेन्ट गर्नुहोस्