लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स बुटवल सनराइजको नि:शुल्क सुगर तथा मृगौला स्वास्थ्य शिविर सम्पन्न

IMG

तिलोत्तमा, फाल्गुन १६,२०७७।  लायन्स क्लब अफ बुटवल सनराइजको आयोजना तथा एसियन डाइग्नोस्टिक ल्याब्रोटरि प्रालिको प्राबिधिक सहयोगमा आइतबार बुटवल स्थित हिलपार्क गेटमा नि:शुल्क सुगर तथा मृगौला स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरमा तिन सय भन्दावढि बिरामीको प्रारम्भिक स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि बितरण गरिएको थियोे । डिस्ट्रिक्ट कोअर्डिनेटर लायन सुनिता बजिमयको प्रमुख आतिथ्यतामा सम्पन्न सो  नि:शुल्क सुगर तथा मृगौला स्वास्थ्य शिविरमा बुटवल तिलोत्तमा आसपासका बिरामीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए ।



क्लबका अध्यक्ष समुन्द्र श्रेष्ठको सभापतित्वमा संचालन भएको सो  नि:शुल्क सुगर तथा मृगौला स्वास्थ्य शिविरमा प्राबिधिक तथा औषधिको सम्पूर्ण ब्यबस्थापन एसियन डाइग्नोस्टिक ल्याब्रोटरि प्रालिले गरेको थियो। कार्यक्रम संयोजक लायन बिकाश पन्थिको स्वागत रहेको सो शिविरको औपचारिक कार्यक्रमको संचालन लायन रोशन अर्यालले गरेका थिए। शिविरमा परिक्षणका लागि आएका हरुलाई बिशेष ज्ञ डाक्टर द्वारा निशुल्क परामर्श औसधी र परिक्षण गरिएको थियो।  

कमेन्ट गर्नुहोस्