
तिलोत्तमा, २०७७ फाल्गुण ५ गते। जनप्रतिनिधि र सञ्चारकर्मीकाबीच भावनात्मक सम्बन्ध विस्तार गर्न भन्दै रुपन्देहीको देवदहमा बुधबार भएको फुटबल प्रतियोगितामा देवदहका जनप्रतिनिधिहरुको टिमलाई हराउँदै रुपन्देहीका क्रियाशिल पत्रकार विजयी भएका छन । निक्कै रोमाञ्चक र कडा प्रतिष्पर्धाका साथ सम्पन्न खेलमा देवदह नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी कसैको पनि समयावधिमा गोल नभएपछि खेललाई ट्राईबेकरमा लगिएको थियो। सो ट्राइब्रेकरमा ४–२ गोलले नेपाल पत्रकार महासंघ रुपन्देहीले देवदहका जनप्रतिनिधि र कर्मचारीलाई पराजित गर्दै उपाधि चुमेका हुन् ।
डि युनिटि युथ क्लब देवदहको आयोजनामा पानबारीस्थित खेलमैदानमा जारी दोस्रो देवदह कप प्रतियोगिता अन्तरगत बुधबार देवदह जनप्रतिनिधि, कर्मचारी र पत्रकारबीच फुटबल प्रतियोगिता भएको थियो । खेलमार्फत जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीबीच भावनात्मक सम्बन्ध विस्तारको उदेश्यका साथ खेल आयोजना गरिएको आयोजक डि युनिटी युथ क्लवले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुने छ ।
कमेन्ट गर्नुहोस्