लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘अब जनताको रुने दिन सिद्धियो,अब रुने पालाे केपी ओलीको’:खाँण

IMG

तिलोत्तमा, २०७७ फाल्गुण ३ गते। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नेपालमा अब कम्युनिष्ट रहन नसक्ने बताएका छन् । जनताले दुइतिहाइ मत दिदा सरकार र संसद चलाउन नसक्ने कम्युनिष्ट अब बढारिने दाबि गरे  ।उनले अब रुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीको आएको दाबी गरे । नेपाली कांग्रेसले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभामा बोल्दै उनले जनताको रुने दिन सकिएको टिप्पणी गरे । नेता खाँणले भने, ‘अब जनताको रुने दिन सिद्धियो, अब रुने दिन कम्युनिष्टको आयो, अब रुने दिन केपी ओलीको आएको छ ।’प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक र सर्वसत्तावादको यात्रा भएको उनको भनाइ छ ।


यद्यपि सर्वोच्च अदालतले संविधानको रक्षाको पक्षमा फैसला गर्छ भन्नेमा आफू विश्वस्त रहेको खाँणले बताए ।सरकारले संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा मिडिया विधेयक,सूचना प्रविधि विधेयक ल्याएर जनताको मुख थुन्ने काम गरेको उनले बताए ।संविधानमाथि निरन्तर प्रहार गर्ने र जनताको जीवनप्रति असंवेदनशील ओलीलाई एक दिन पनि सरकारमा बस्ने अधिकार नभएको खाँणको भनाइ छ । उनले भने, ‘नेपाली जनताले दिन गन्ती सुरु गरे, प्रधानमन्त्री र मन्त्रीहरूले झिटीगुन्टाको व्यवस्थापन गर्नुस् ।’

कमेन्ट गर्नुहोस्