
तिलोत्तमा, २०७७ फाल्गुण २ गते। नेकपा ओली समुहका महासचिव विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबूकमा मेयर वासुदेव घिमिरे उपमेयर जागेश्वरी चौधरीसँगको तस्वीर राख्दै ‘साथै छौं, साथै रहनेछौं !’ भनेर लेखेका छन् । महासचिव पाैडेलले फेसबुकमा राखेको तस्वीर भैरहवा गाैतमबुद्ध बिमानस्थलमा आज खिचिएको हाे ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर नेपाल कम्युनिस्ट पार्टी [नेकपा] ओली समूहमा लागेका छन् ।
तिलोत्तमाका मेयर वासुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरी ओली समूहमा खुलेका हुन् । महासचिवको पहल र केहि सर्त सहित घिमिरेले गुट बदलेका हुन् । सर्तहरु के -के थिए बाहिर खुलाइएको छैन । मेयर घिमिरेले आफूसहित अधिकांश कार्यपालिका सदस्यले महासचिव विष्णु पौडेललाई साथ दिने निधो गरेको जानकारी दिए ।आइतवार महासचिव पौडेललाई बिदाइ गर्न मेयर घिमिरे, उपमेयरसहित नेताहरू भैरहवा विमानस्थल पुगेका थिए । यसअघि मेयर घिमिरे लामाेसमयदेेखि नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालको साथमा थिए।
कमेन्ट गर्नुहोस्