लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

५० ब्युटिसियनले पाए हाउस अफ ब्युटीको प्रशिक्षित प्रमाणपत्र

IMG

तिलोत्तमा २०७७ माघ २८। सिप सिकेपछि को नै बेरोजगार हुन्छ र ? जुनसुकै सीपलाई सिकेर ब्यबहारमा उतार्न सक्नु नै महानता हो। यस्तै कुरा ब्यक्त गरेका छन् एक प्रशिक्षण तालिमको प्रमाणपत्र बितरण समारोहमा। यस क्षेत्रकै चर्चित ब्युटिसियन सोनिस्ता लामा चन्दद्वारा सन्चालित बुटवलको हाउस अफ ब्युटीमा मास्टर इन रसियन हेयर डिजाइनिङ्ग (२०/३० दिने ) नेल आर्ट एक्स्टेन्सन ढाइ महिने, मास्टर इन प्रोफेस्नल मेकअप ट्रेनिङ्ग, आइलेसेस एक्स्टेन्सन माइक्रो ब्लेडिङ लगायतका कोर्ष सम्पन्न गरेका ५०  ब्युटिसियन मेकअप आर्टिस्टहरुलाई सिपको प्रमाणपत्र प्रदान गरिएको छ। 


सस्थाका संचालक डा. दिपेन्द्र चन्दको अध्यक्षतामा सम्पन्न सो प्रमाणपत्र बितरण समारोहमा ख्यातिप्राप्त प्रशिक्षक तथा सस्थाका प्रबन्ध  निर्देशक सोनिस्ता लामा चन्दले तालिममा सिकेको कुरालाई ब्यबहारमा उतारी आफैमा स्वरोजगार बनि ख्याति कमाउन सक्नुनै तालिमको प्रमुख उदेश्य रहेको बताउनुभयो। सो अवसरमा प्रशिक्षार्थिको तर्फबाट बोल्दै कल्पना गिरि र योगमाया शर्माले आफुहरुले सिकेको सिप सहि तबरले प्रयोग गर्ने र तालिममा सहजीकरण र सिकाइ एकदमै उत्कृस्ट रहेको र प्रशिक्षकहरुले बुझ्ने गरि प्राक्टिकल रुपमा राम्रोसंग सिकाएको जानकारी दिएका थिए। बुटवलमै यस्तो खालको स्तरिय तालिम लिन पाउदा आफुहरु अत्यन्तै खुसि भएको बताउदै प्रशिक्षार्थिहरुले तालिम दिएकोमा सस्थाप्रति धन्यबाद ज्ञापन गरेका थिए। सो ब्युटिसियन तालिमका अध्यक्ष तथा सस्थाका संचालक डा. दिपेन्द्र चन्दले यस्तो तालिम छिट्टै काठमान्डौ, पोखरा, नेपालगंज, हेटौडा, चितवन लगायतको ठाउमा पनि दिईने जानकारी गराउनुभएको छ।मनोज पन्थको स्वागतबाट शुरु कार्यक्रमको संचालन सुमन श्रेष्ठले गर्नुभएको थियो।   

कमेन्ट गर्नुहोस्