लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उपत्यका बाहीरको पहिलो रेडियो,रेडियो लुम्बिनीको २२औं स्थापना दिवस

IMG

तिलोत्तमा,२०७७ माघ २७। लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीकौ आज २२औं स्थापना दिवस । विक्रम संवत २०५६ साल माघ २७ गते वसन्त पञ्चमी अर्थात आजैका दिन उपत्यका बाहिर पहिलो पटक आवाज प्रशारण गरेको दिन , सहकारी सस्था द्धारा सन्चालीत दक्षीण यसीयामा पहिलो सामुदायिक रेडियोको रुपमा शान्तिको आवाज पहिलो अवाज हाम्रो क्षितिजमा फैलिएको दिन पनी आजै ।


स्थापना कालदेखि नै सामाजिक रुपान्तरणका लागि क्रियाशील रेडियो लुम्बिनीले विभिन्न भाषभाषी क्षेत्र वर्ग र समुदायमा पछाडि पारिएका वर्गको आवाज बुलन्द गर्दै उनीहरुको पहुच स्थापनाका लागि विभिन्न कार्यक्रम ,समाचार मार्फत पैरवी गर्दै आएको छ। रेडियोले सुशासन र पारदर्शीताका लागि आवाज उठाउँदै आम नागरिकका चासो र जन जिविकाको बिषयलाइ सम्बोधन गर्दै आएको छ ।


यसैबीच लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २२औं साधारणसभा तथा ११ औं अधिवेशन आज हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सस्थाका स्टेशन म्यानेजर कृष्ण केसीले जानकारी दिनु भयो । साधारणसभा तथा अधिवेशन बिहान ११ बजे तिलोत्तमा ५ ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साधारण सभाको रेडियो लुम्बिनी र यसैवर्षबाट सुरु गरेको तिलोत्तमा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने रेडियोका स्टेशन म्यानेजर कृष्ण केसीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्