लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रोगसँगको लडाई जितेका संगीतकर्मी गन्धर्व भोकसँग लड्दै

tillotmacitynews - 2021 Jun 03 11:36 AM
IMG

बिकाश गौतम, जेष्ठ २० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। कोरोना महामारीका कारण यतिबेला हाम्रो जनजिविका अस्तव्यस्त छ । दैनिक ज्यालामजदुरी गरि जिविकोपार्जन गर्ने हरुको लागी कोरोनाको कारण हातमुख जोड्नै धौ-धौ परेको छ  । कोरोना महामारीको यो चपेटामा दैनिक ज्याला मजदुरी गर्नेका लागी कोरोना अभिशाप नै बनेको छ। विभिन्न मनकारी सामाजीक व्यत्तिहरुले विभिन्न समयमा सहयोग प्रदान पनि गर्दै आएका छन ।


कोरोनाको कहरसँगै नाजुक स्वास्थ्य अवस्थाका कारण मुखमा हात जोड्न समेत मुस्किल परेको छ, रुपन्देहीका बरिष्ठ संगितकर्मी बाबुराम गन्धर्वलाई । केही समय अघि मात्र रोग सँगको लडाइमा रोगलाई जित्दै स्वास्थ्यलाभ लिइ रहेका गन्धर्वलाई भोकसँगको लडाइ सामना कसरी गर्ने भन्ने चिन्ताले पिरोली रहेको छ ।विगत केही बर्षअघि कलेजोमा समस्या देखिएपछी संगितमा सारंगीको धुन भर्न छोडेका उनको केही समय अगाडी मात्र राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश र रुपन्देही लोक दोहोरी प्रतिष्ठानको पहलामा सफल उपचार भयो । उपचार पछि यति बेला उनी स्वास्थ्यलाभ लिइ रहेका छन् तर स्वास्थ्य लाभ लिदै गर्दा उनलाई परिवारको छाक कसरी टार्ने भन्ने चिन्ताले सताउछँ । बिगतका बर्षमा कलेजो सम्बन्धी रोगसँग लडेका गन्धर्व यतिवेला कोरोना महामारीका बिच परिवार र आफ्नै भोकसँग लडिरहेका छन् । यस्तो बेला सांगीतीक क्षेत्रप्रति माया गर्ने मनकारीको खोजीमा छन् बरिष्ठ संगितकर्मी बाबुराम गन्धर्व । केही बर्षअघि मात्रै आफ्नी श्रीमती गुमाएका गन्धर्व छोरीहरुसँगै बस्दै आएका छन । 


रुपन्देहीको देवदह नगरपालीका वडा नम्बर-८ का स्थायी बासिन्दा रहेका गन्धर्वले सारंगी रेटेर आफ्नो र परिवारको भोक टार्दै आएका थिए । पुख्र्यौली पेशाका रुपमा रेहेको सारंगी बजाउने कलालाई आफ्नो आम्दानीको स्रोत बनाएका उनको अन्य आय आर्जनको स्रोत केही छैन । खरले छाएको माटोले पोतेको घरमात्र रहेको र खेती गरेर खानलाई जग्गा जमिन नभएकोले भोकको चिन्ता रहेको उनी बताउछन । गन्धर्वले नेपाली सांगीतीक क्षेत्रमा झण्डै ३०० भन्दा बढी गितमा सारगीको धुन समेत दिइसकेका छन । नेपाली सांगीतीक क्षेत्रमा धेरै संगीतमा सारंगीको धुन भरेका गन्धर्व पछिल्लो समय आफ्नै घरका परिवारका सदस्यको पेट कसरी भर्ने भन्ने चिन्तामा छन् । 


पछिल्लो समय स्वास्थ्य अवस्था नाजुक भएका कारण सांरगी बजाउन नसक्दा आम्दानीको स्रोत नै बन्द हुदाँ आर्थिक संकटमा परेका गन्धर्व थप सहयोग पाउने आशामा छन्।उनलाई पछिल्लो समय परिवारका सदस्यको छाक टार्न समेत धौ-धौ परेको खबरसुनेपछि उनलाई सहयाोग गर्न उनको दैलोमा पुगे राष्टिय कलाकार तेजु अर्याल । बरिष्ठ संगीतकर्मी गन्धर्वको आर्थिक अवस्थाको बारेमा आफुले थप जानकारी पाएपछि एउटा कलाकारले अर्को कलाकारको दु:खमा साथ छोड्न नहुने भन्दै गन्धर्वको परिवारलाई आर्थिक सहयोग गरेको उनी बताउछन् ।


यसअघि पनि गन्धर्वको उपचार लगायतमा सहयोग जुटाउदै आएका कलाकार अर्यालले कलाकार समाज र राष्ट्रको सम्पती भएको भन्दै गन्धर्वलाई थप सहयोग प्रदान गर्नको लागी सम्पुर्ण नेपालीहरुमा आग्रह गरेका छन् । कलाकार अर्यालले गन्धर्वको परिवारलाई आफ्नो तर्फबाट महिना दिन सम्मलाई पुग्ने खाद्यन्न सामाग्री सहयोग प्रदान गरेको बताए । संगीतकर्मी वावुराम गन्धर्वले संगीतको क्षेत्रमा अहम भूमिका खेलेको बताउदै यतिबेला उनको स्वास्थ्य अवस्थाका कारण आम्दानीको स्रोत व्यवस्थापन गर्न नसकिरहेको पिडालाई महसुस गरि थप सहयोगको लागी समेत उनले अपिल गरेका छन् । तिलोत्तमा सिटीको तर्फबाट कलाकार गन्धर्वको शिघ्र स्वास्थ्य लाभको कामना र सहयोगको अपिल । 

कमेन्ट गर्नुहोस्