लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता २०७७ कुवरवर्ति, न्यु होराईजन, एभरेस्ट रेड र एभरेष्ट वाईट अन्तिम चारमा

IMG

तिलोत्तमा, २०७७ माघ १०।  तिलोत्तमा जारी दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता २०७७ मा सेमीफाईनल खेल्ने अन्तिम चार टिमको टुगो लागेको छ । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा मणिमुकुन्द भलिबल क्लबको संयोजकत्वमा शनिबार भएको लिग कम नकआउटको आधारमा खेलाईएको खेलमा विजयी हुँदै कुवरवर्ति मावि, न्यु होराईजन स्पोर्ट्स क्लब, एभरेस्ट मावि (रेड) र एभरेस्ट मावि (वाईट) अन्तिम चारमा स्थान बनाएको हो । योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा भएको पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन कुवरवर्ति माविले नवीन आधौगिक माविलाई २–० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनायो । यसैगरि दोस्रो क्वाटरफाइनल खेलमा न्यु होराईजन स्पोर्ट्स क्लबले दिप बोर्डिङ स्कुललाई २–० को सोझो सेट, तेस्रो क्वाटरफाइनल खेल एभरेष्ट वाईटले नवज्योती माविलाई २–० को सोझो सेट तथा एभरेस्ट रेडले श्रीनगर स्पोर्ट्स क्लब पाल्पालाई २–० को सोझो सेटमा पराजित गरेका हुन ।



आईतबार पहिलो सेमीफाईनल खेलमा कुवरवर्तिले न्यु होराईजन स्पोर्ट्स क्लब तथा दोस्रो सेमीफाईनल खेलमा एभरेस्ट रेडले एभरेष्ट वाईटसंग प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ३५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद २० हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र तथा सान्त्वना टिमले नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा समेत बेष्ट स्पाईकर, बेष्ट सटर, बेष्ट सर्भर, बेष्ट लिभेरोलाई समेत पुरस्कृत गरिने छ ।




प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ३५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद २० हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र तथा सान्त्वना टिमले नगद १० हजारसहित ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विद्यागत रुपमा समेत बेष्ट स्पाईकर, बेष्ट सटर, बेष्ट सर्भर, बेष्ट लिभेरोलाई समेत पुरस्कृत गरिने खेलकुद विकास समितिको राजेन्द्र गुरुङले बताए । प्रतियोगिताको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले उद्घाटन गर्दै खेल क्षेत्रको विकासमा नगरपालिकाबाट लगानी भएको बताईन । विद्यालयस्तरबाट खेलाडी उत्पादनको सम्भावना देखेर गरिएको लगानीबाट राम्रो प्रतिफल आएको उनले बताईन । ब्याडमिन्टन कोर्ट, फुटबल खेलमैदान, भलिबल कोर्टसहित खेल पुर्वाधारमा आफुहरु निरन्तर जोड दिएको उनले बताईन । माघ ११ गतेसम्म हुने प्रतियोगितामा ११ टिमले भाग लिएका छन । गतवर्ष कुवरवर्ति मावि विजेता रहेको थियो ।

कमेन्ट गर्नुहोस्