लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तर लायन्स नकआउट क्रिकेट प्रतियोगिताको उपाधि भलवारीलाई

IMG

तिलोत्तमा, ४ माघ २०७७।लायन्स क्लब अफ भैरहवा बोहिमिन द्वारा आयोजित अन्तर लायन्स नकआउट क्रिकेट प्रतियोगिताको उपाधि लायन्स क्लब अफ भलवारीले हात पारेको छ । भैरहवामा सम्पन्न सो क्रिकेट प्रतियोगितामा १० वटा टिम सहभागी थिए । टस जितेर पहिलो ब्याटिङ्ग रोजेको लायन्स क्लब अफ भलवारीले लायन्स क्लब अफ सिद्धार्थनगर सेण्टेननियललाइ सबै विकेटको क्षतिमा ३२ रनले पछि पार्दै उपाधि आफ्नो कब्जामा लिएको हो। पिडिजी लायन अरुण प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा लायन्स क्लब अफ भलवारी विजयी भएको थियो ।


उपविजेता लायन्स क्लब अफ सिद्धार्थनगर सेण्टेननियलले लायन्स क्लब अफ भलवारीले दिएको रनको लक्ष्यलाई पुरा विकेटको क्षतिमा समेत टार्गेट पुरा गर्न सकेन। प्रतियोगितामा बिजेता टिमले नगद रु २५ हजार सहित ट्रफी र प्रमाणपत्र पाएका छन् भने उपविजेता टिमले नगद रु १५ हजार सहित  ट्रफी र प्रमाणपत्र पाएका छन्। प्रतियोगितामा म्यान अफ दि सिरिज र बेस्ट ब्याट्सम्यान लायन्स क्लब अफ भलवारीका कृष्ण भुसाल भएका थिए भने क्लबकै प्रमुख प्रशिक्षक डाक्टर अमित केसीलाई क्लबको खेल प्रतिको उच्च लगावलाई सम्मान गर्दै प्रसंशा गरिएको थियो। 



कमेन्ट गर्नुहोस्