
माघ २, २०७७, तिलोत्तमा। ‘लोकतन्त्र रक्षाका लागि नागरिक आन्दोलन’ रुपन्देहीले प्रतिनिधिसभा विघटन विरुद्ध शुक्रबार बुटवलमा मैनबत्ती जुलुस निकालेको छ ।न्याय मर्न दिदैनौ भन्ने ब्यानर सहित हातमा मैनबत्ति बालेर प्रधानमन्त्री केपि शर्मा ओलीले असंवैधानिक कदमका विरुद्ध मैनबत्ति जुलुस निकालिएको हो । बुटवल मिलनचाेकदेखिशुरू भएको मैनबत्ती जुलुस राजमार्ग चौराहामा आएर विरोधसभामा परिणत भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक आन्दोलन रुपन्देहीका संयोजक एंव मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधानको हत्या गरेको टिप्पणी गरे ।
उनले प्रतिगमनको शिलशिलालाई प्रधानमन्त्री ओलीले निरन्तरता दिदा मूलूक फेरी द्धन्द्धतर्फ धकेलिएको बताए ।कार्यक्रममा राससका पूर्व अध्यक्ष बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले यसअघि राजा र प्रधानमन्त्रीले सवैधानिक रुपमा कु गरेको तर, प्रधानमन्त्री केपि ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए । उनले असंवैधानिक रुपमा गरिएको संसद विघटनले लोकतन्त्र र संविधानलाई नै संकटमा पारेकाले संसद पुनस्थापना नै अहिलेको आवश्यकता भएको बताए ।
नागरिक अगुवा पदम कार्कीले राष्ट्रपतिले संविधानको बर्को च्यातेपछि नागरिक समाजलाई जाडो बनाएकाले संसद पुनस्थापना नहुदासम्म सडक संघर्षमा उत्रने बताए ।कार्यक्रममा प्राध्यापक डा. बुद्धबहादुर थापा, अधिवक्ता बाबृुराम पाण्डे, वुमन केयरकी अध्यक्ष रिता केसी,गुणाराम घिमिरेले राष्ट्रपतिले संविधानको बर्को च्यातेपछि नागरिक समाजलाई जाडो बनाएकाले संसद पुनस्थापना नहुदासम्म सडक संघर्षमा उत्रने बताए । मैनबत्ती जुलुसमा दुइदर्जन भन्दाबढी संस्थाको सहभागिता थियो ।
कमेन्ट गर्नुहोस्