लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मिडिया कप फुटसल प्रतियोगिताको तयारी पुरा,१६ टीम मैदानमा भिड्ने

IMG

तिलोत्तमा, १ माघ २०७७। रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा हुने मिडिया कप फुटसल प्रतियोगितामाको टाइसिट सार्वजनिक भएको छ । ग्लोबल मिडिया ग्रुप अन्तर्गत ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाजडट कमको आयोजनामा माघ ३ गते ‘प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता –२०७७’ गर्दैछ ।फुटसल प्रतियोगितामा सहभागि हुनका लागि २१ वटा मिडियाले नामावली पठाएको भएपनि बिभिन्न मापदण्ड नपुगेपछि ५ वटा टीमको नाम दर्ता नगरि फिर्ता पठाइएको संयोजक यमलाल भुसालले बताए ।  सबै प्रकृया पुगेका १६ टीमले माघ ३ गतेको प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।प्रतियोगिता सबै तयारी पुरा भएको उनले जानकारी दिए ।


प्रतियोगिताको उपाधि विजेतालाइ नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ  । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करीब ४ लाख खर्च हुने अनुमान गरिएको छ ।प्रतियोगिता कार्यक्रम संयोजक डिबी सुस्लिङले प्रतियोगितामा मिडिया हाउसका पत्रकारहरुको टिमको सहभागिता रहेको बताए । ग्लोबल आवाजका सम्पादक एनबि कंडेलले संचार क्षेत्र सामाजिक उत्तरदायित्वसहित रचनात्मक कार्यक्रम बोकेर अघि बढेको बताए।



कमेन्ट गर्नुहोस्