
तिलोत्तमा,पुस २९। अर्घाखाँचीमा बस दुर्घटना हुदाँ १२ जना घाइते भएको छन् । शितगंगा नगरपालिका–१४ सिमलपानीमा बुधबार बिहान लु १ ख ७८१४ नम्बरको बस शितगंगा नगरपालिका-१३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्वरको बस शितगंगा नगरपालिका-१४ छन्त्यालरुखमा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ब्रेक फेल भएर भएको बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका १२ जना मध्ये ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्