लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका हाटबजार ठेक्कावालहरुले गरे,अनाथ आश्रममा सहयोग

IMG

तिलोत्तमा,पुस २६। रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्र भीत्रका हाटबाजार ठेक्का लिई कार्य गर्दै आएका ५ जना ठेकेदार ब्यबसायीहरुले  कोटीहवा स्थित अबिनाश अनाथ आश्रम तथा बाल गृह मा सहयोग गरेका छन्। तिलोत्तामाका ड्राईवरटोल हाटबजार,सेमरा हाटबजार,भलवारि हाटबजार र कोटीहवा हाटबजारका हाटबजार ठेकेदारहरुले आश्रममा जाडोको लागि चाहिने कपडा, साग सब्जी,फलफुल र मासु  आदी सहयोग गरिएको सहयोगी मध्ये एक बिष्णु श्रेष्ठले बताए ।


सहयोग गर्ने ठेकेदारहरुमा अरुण मजुंदर,कृष्ण गूरुङ, राजू गूरुङ,तिलक रोक्का र बिष्णु श्रेष्ठ (पासा) रहेकाछन। सहयोगी सबै हाटबजार ठेकदारले आफ्नो ब्यबसाय संगै सामाजिक सेवा गर्न पाउदा निकै खुसि लागेको र आगामी दिनमा समेत यस्तै संगठित भै विभिन्न सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका थिए। 



कमेन्ट गर्नुहोस्