
तिलोत्तमा पौष २४ , २०७७। रुपन्देहीको तिलोत्तमा नगरलाई सुचना प्रबिधि मैत्री तथा सेवा प्रवाहलाई घरबाटै सहज हुने गरि बाताबरण मिलाउन अन्तरक्रिया सम्पन्न भएको छ। सुचना प्रबिधि उपशाखा तिलोत्तमा नगरपालिकाको संयोजनमा संचालन गरिएको सो कार्यक्रममा सुचना प्रबिधि बिज्ञा बसन्त बनले सहजीकरण गर्नुभएको थियो।
सो कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सुचना प्रबिधिको क्षेत्रमा नगरपालिकाले खेलेको भूमिका अझै बिस्तार गर्दै स्मार्ट नगरपालिकाको परिकल्पना पुरा गर्न आफुहरु लागिपरेको बताउनुभयो। उहाले सेवा ग्राहिहरुको थप सुबिधा र सहजताका लागि आफुहरुले गर्न सक्ने सबै काम अगाडी बढाएको समेत बताउनुभयो। नगरप्रमुख घिमिरेले तिलोत्तमा छिट्टै स्मार्ट सिटी बन्ने हुदा सुचना प्रविधिका बारेमा थप अध्ययन भैरहेको बताउनुभयो।
सो अवसरमा बोल्दै नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले सुचना प्रविधिले स्थानिय निकायलाइ थप चुस्त दुरुस्त र सेवा प्रवाहलाई छिटो छरितो बनाउन सहयोग गर्ने हुदा तिलोत्तमा नगरबासिहरुलाई सहज बनाउन कम्मर कसेर आफुहरु लागिपरेको बताउनुभयो। सो कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल, विभिन्न वडाका वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले सुचना प्रबिधि सम्बन्धि जिज्ञासा तथा सुझाव सल्लाह दिनुभएको थियो।आगामी दिनमा छिटो भन्दा छिटो कसरि नगरपालिकालाई स्मार्ट सिटीको अबधारणमा निहित गर्न सकिन्छ ? कसरि सेवाग्राहीहरुले घरमै बसी-बसी अनलाइन पेमेन्ट तथा विभिन्न घटना दर्ता र सिफारिस गर्न सक्छन भन्ने बिषयमा नगरपालिकाका जनप्रतिनिधिहरुलाई सो अन्तरक्रियामा सहजीकरण गरिएको थियो।
सो कार्यक्रमको दौरानमा तिलोत्तमा नगरपालिकाका कर्मचारीलाई सुचना संचार र प्रबिधिको क्षेत्रमा हालसम्म भए गरेका कामहरु र अगाडी हुने योजनाका बारेमा शाखा प्रमुख इन्जिनियर सुदिप ढकालले जानकारी गराउनुभएको थियो। ढकालले तिलोत्तमा नगरपालिकाको समग्र स्मार्ट नगरपालिका हुन चाहिने मापदण्ड तथा सेवाग्राहिहरुको सहजताका बिषयमा नगरपालिकालाई तिब्र गतिले काम अगाडी बढाइएको बताउनुभयो।
कमेन्ट गर्नुहोस्