लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संकटका बेला राहतले बलेको विपन्न समुदायको चुल्हो !

IMG

तिलोत्तमा,पुस २४, २०७७। मजदुरी गरेरै जीवन धानीरहेकी रुपन्देही तिलोत्तमा ६ की मीना बिकलाई यसपटक जीवनकै ‘कठिन’ समय भोग्नु पर्यो । परिवारका सबै सदस्यको हातमुख जोड्न उनी र उनका श्रीमान दिनरात काममा खटिनुपर्छ ।यसपटक झण्डै ९ महिनासम्म कोरोना महामारी कोभिड–१९ का कारण उनको र परिवारको जीवन चलाउन निकै सकस प¥यो । उनी भन्छिन्—‘यस्तो असहज समय जीवनमा कहिलै आएन, केही न केही काम त भैराख्थ्यो, बिहान, दिउँसो, साँझ काम गरेपछि खान मजाले पुग्थ्यो, यसपाली चौपट भयोे ।’२८ वर्षीया मीना र ३० वर्षीय उनका श्रीमान श्याम सुनारले यसै गरेर दुई सन्तानसहित चार जनाको जीविका चलाउनुपरेको छ । यही समस्यामा परेको थाहा पाएपछि युएन वुमन नामक संस्थाले उनी लगायतलाई खाद्यान्न, स्वास्थ्य सामग्री, कपडा, आर्थिक रकम समेत सहयोग गरको थियो।राहत सामग्री पाएपछि उनको मुहारमा खुसी थपिएको छ ।


‘हातमुख जोड्नमै समस्या भएको थियो, राहत स्वरुप चामल, दाल, नुन, कपडा र आर्थिक रकम पैसा पाएँ खुसी छु, सरकारले हेरेन हामी दुःखी गरिबलाई यस्तै संस्थाले हेर्छन् ।’बिकले भनिन् ।बिकले यस्ता अवसरहरु हुनेखाने वर्गले नै छोेप्दा आफूहरु जस्ता समस्यामा परेकालाइ झन् दुःख हुनेगरेको समेत गुनासो सुनाइन् । रुपन्देही तिलोत्तमा मंगलापुरकी पुरानो सडककी ४८ वर्षीया माया आलेको समस्या पनि उस्तै थियो । कोरोना भाइरस र लकडाउनले कमाइ खाने बाटो नै बन्द भएपछि मायाको अवस्था पनि झन् उस्तै बन्यो ।घरमा श्रीमान अपाङ्ग, प्यारालाइसिस घरमा खाने अन्नको जोहो गर्न पनि सकस परेको थियो, जसोतसो अलिअलि गरेर चलेका छौं, राहत पाए,अहिले खुसी छु । उनले राहत स्वरुप चामल, दाल, तेल, पैसा समेत पाएको बताइन् ।मीना र माया प्रतिनिधिमुलक पात्र हुन्, यस्तो समस्या हुँदाखानेका घरमा सधै दोहोरिइरहने समस्या हो । यो महामारीका बेला यस्ता समस्या अहिलेपनि विद्यमान होलान् तर यतिबेला दैनिक कामधन्दा चलेकाले केही हदसम्म भने पक्कै भएका छन् ।राहत पाएका अर्का मनबहादुर थापा घर बनाउने काम गर्छन्, तर उनको रोजगारी पनि अन्यौंल बनेका बेला राहत पाएपछि उनले आफ्नो कोही रहेछ भन्ने लागेको बताउँछन् । त्यस्तै एकछाक खाएर पनि बस्नुपरेको धेरैको गुनासो छ । उनीहरुले पटक÷पटक यस्तै राहतका सामान पाए आर्शिवाद दिने समेत बताउँछन् ।


यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई लक्षित गरी रुपन्देहीको तिलोत्तमामा राहत सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको थियो । दैनिक मजदुरी गर्नेहरुका लागि यो ठूलो राहत प्याकेज भएको स्थानीय अम्बिका कण्डेलले बताइन् ।‘हामीले त खाना पकाउने ग्यास सिलिण्डर पनि पायौं, दिइएको पैसाले औषधि किनेर दुई बालबच्चाको उपचार समेत गरें, एकदम खुसी छु ।’–उनले सुनाइन् ।कोरोना भाइरस कोभिड–१९ को कहरका कारण जीवनयापनमा असहज भएका महिलाहरुलाई लक्षित गरी युएन वुमनको आयोजनामा नगरका १७ वटै वडाका महिलाका लागि गत कार्तिक महिनामा राहत बाँडिएको थियो ।


ब्लु डायमण्ड सोसाइटी, वुमन एक्ट, र सीडीडब्लुएनलगायतका सहयोगी संस्थाहरुको आबद्धतामा युएन वुमनले राहत वितरण गरिएको ब्लु डायमण्ड सोसाइटी, तेस्रो लिंगी अधिकारकर्मी आनिक राना मगरले बताइन ।सो कार्यक्रमबाट यौनिक तथा लंैगिक अल्पसंख्यकसमुदाय, अपागंता, दलित समुदायका २ सय ५० जना प्रत्यक्ष रुपमा लाभान्वित भएको उनको भनाइ छ ।रानाले प्रत्येक व्यक्तिलाई चामल, दाल, नुन, तेल, साबुन, टुथपेष्ट, स्वास्थ्य सामग्री, र नगद १३-१३ हजार वितरण गरिएको जानकारी दिइन् ।निल हिरा समाज केन्द्रकी प्रेसिडेन्ट पिङ्की गुरुङ, अधिकारकर्मी आनिक रानालगायतले राहत वितरण गरेका थिए । -कल्पना डुम्रे नागरिक अनलाइन

कमेन्ट गर्नुहोस्