लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अब तिलोत्तमामा रगतको अभाव हुदैन,सुरु भयो तिलोत्तमा रक्तदाता समाज

IMG

१८ पुष २०७७। रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रगतको अभाव हुन नदिने उद्देश्यका साथ तिलोत्तमा रक्तदाता समाज संचालनमा आएको छ ।तिलोत्तमा नगर भित्र रहेका युवाहरु संगठित गरी नितान्त मानव सेवाका लागि रक्तदान र रक्त तत्व सम्बन्धी कार्यहरु गर्ने उद्देश्यका साथ तिलोत्तमा रक्तदाता समाजको सुरु गरिएको समाजका सहसचिव शिसिर पाण्डेले जानकारी गराए । उनका अनुसार तिलोत्तमा नगरपालिका भित्रकै पहिलो रक्तदाता समाजका रुपमा यो संस्था सुरु गरिएको हो ।


शनिवार आयोजित एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सो संस्थाको उद्घाटन गरे । कार्यक्रममा मेयर घिमिरेले नगरभित्रका युवाहरुको जागरुकतामा सुरु भएको यस संस्थाले उदाहरणीय कार्य गरेको भन्दै प्रसंशा गरे । साथै यस संस्थालाई माथी उकास्न नगरपालिकाले हरतवरबाट साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए । आगामी दिनमा थप जोस र जाँगरका साथ उदेश्य अनुरुपका कार्यलाई निरन्तरता दिन पनि उनले रक्तदाता समाजका सम्पूर्ण परिवारलाई आग्रह गरे ।




त्यस्तै तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोति पौडेलले समाजको सफलताको लागि शुभकामना दिए । कार्यक्रममा जिल्ला प्रसाशन कार्यालयका रामकृष्ण लम्साल, तिलोत्तमा ५ का वडाध्यक्ष चेतनारायण भण्डारी, वडा नं ७ का वडाध्यक्ष दुर्गाप्रसाद पाण्डे, वा नं १३ का वडाध्यक्ष गणेश न्यौपाने, रामबल सहकारी संस्थाका अध्यक्ष रमेश डुम्रे, नेपाल नियमित रक्तदाता समाजका सह–कोषाध्यक्ष दया शिलवाल, स्वयंसेवी भिष्म के.सी लगायतको उपस्थिति रहेको थियो ।


सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको समाजका महासचिव अरुण पन्थीले जानकारी दिए । कार्यक्रममा विभिन्न क्लवका सदस्यहरु, सामजसेवी व्यक्तित्व, विद्यार्थी लगायतले रक्तदान गरेका थिए भने ५० पटकभन्दा बढी रक्तदान गरेका दुईजना पूर्णचन्द्र सुवेदी र जयशंकर ठाकुरलाई प्रसंशापत्रले सम्मान गरिएको थियो ।समाजका अध्यक्ष गोविन्द बञ्जाडेको अध्यक्षतामा भएको सो कार्यक्रम समाजका महासचिव अरुण पन्थीको संचालनमा सम्पन्न भएको थियो । 

कमेन्ट गर्नुहोस्