लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फोहोर बन्छ मोहोर, बिकासको बास्तबिक शृंखला

tillotmacitynews - 2021 Jan 02 10:02 PM
IMG

जाडोको मौसम आयो।नयां गुन्द्री ओछ्याउन पाउँदा पनि न्यानो भए जस्तो लाग्ने।भात खाएर अगेनामा आगो तापेर बस्दा त ठिकै हो।ओछ्यानमा जांदा भने जाडो हुने।आमाको  थोत्रो गुनियोको टुक्रा टालेर बनाइएको  भुत्ते थांगनोमा सुत्न पनि मज्जा नै आउथ्यो।आमाको ममता समेटिएर हुनु पर्छ।जाडो भएको पत्तो हुदैनथ्यो। त्यतिबेला कपडा चाहिँ  इन्डिया वाट खद्दरको आउने गर्दथ्यो।जे भए पनि लगाउनै पर्ने।काल पर्खनलाई दिन त कट्दो रहेछ जसरी पनि।रमाइलो नै मानिन्थ्यो ती दिन पनि।औधोगिक क्रान्ती भन्दा पहिला कोरियनहरुले के कस्तो कपडा लगाउने गर्दथे। साथै कोरियामा कपासको बिकास कसरी भयो त्यो लेख्ने कोशिस गरेको छु। पहिला पहिला कोरियामा लगाउने कपडामा पनि जातिय भेदभाव थियो। कुलिन तथा सामन्तीबर्गका मानिसहरुले सिल्कको कपडा लगाउने गर्दथे भने अरुले जुटको कपडा लगाउनु पर्दथ्यो।


सन १२६३ को कुरा हो राजाका एक निकट बिश्वासिलो कर्मचारी बडाहाकिम मुन इक जम भन्ने चीन भ्रमण गएछन।उनी त्याहां जांदा कपासको खेती देखेछन।अनि त्याहांको किसानलाई कपासको बीउ दिन अनुरोध गरेछन।तर ती किसानले भनेछन "कोरियामा त चिसो ठाँउ छ कपास हुंदैन।साथै अहिले हाम्रो देशमा मंगोलहरुको साम्राज्य छ।उनिहरुले लान दिंदैनन"अनि ती कोरियाली कर्मचारीले "दक्षिणी भुभाग न्यानो ठाउँ छ।म उनिहरु बाट लुकाएर लैजाने छु।हाम्रो देशका जनताहरु जाडोमा कठांग्रीएर मरेका छन मैले देशका जनताको लागि पुन्यको काम  गर्नु छ।म जसरी पनि उनिहरु बाट जोगाउने छु" भनेर अनुरोध गरेर कपासको बीउ कोरिया लिएर आएछन।सिमानामा मंगोल सेनाले झोला खोल्न लागएछन।उनले त्यो कपासको बीउ दन्तमन्जन सामाग्री राख्ने डिब्बामा राखेर ल्याएका थिय भनेर इतिहासको पानोमा कोरिएको छ। कोरिया ल्याएर उष्ण जमिन भएको क्षेत्रमा(दक्षिणी भुभागमा) त्यो बीउ रोपेछन।साच्चिकै बिउमा टुसा आएछ।अनि कपासको खेती सुरु भएछ।केही बर्षमै कपास प्रशस्त उत्पादन हुन थालेछ।


 रोचक कुरा 

कपास उत्पादन त भयो कपासबाट ज्यापु कसरी निकाल्ने।धागो कसरि बनाउने।धागो बाट कपडा कसरी बुन्ने। समस्या उत्पन्न भएछ।"तं आंट म पुर्याउछु"भने जस्तै अचानक ती कपास उत्पादन गरेका सरकारी कर्मचारीको घरमा एकदिन "भिक्षाम देहि "भन्दै चिनको भिक्षु दैलोमा आइपुग्छन।ती भिक्षुले केही दिन आराम गर्न बास माग्दछन।चीन बाट कपास ल्याएको चीन बाटै भिक्षु आउदा त "के खोज्छस काना"भने जस्तै भयो।उनले भिक्षु संग कपासको  ज्यापु निकाल्ने ,साथै धागो बनाउने तरिका सम्म सिकाइदिन आग्रह गरेछन।ती भिक्षुले ज्यापु निकाल्ने काठको मेसिन बनाई,ज्यापु निकालिदिएछन।रुई बाट धागो बनाउने चर्खा पनि बनाईदिएछन।त्यती मात्र हैन कपडा बुन्ने मेसिन पनि तयार गरिदिएछन।

तत्पश्चात कोरियामा उच्च घरानाले सिल्कको न्यानो कपडा लगाए जस्तै सम्पुर्ण जनतालाई पनि कटनको न्यानो कपडा लगाउने अबसर मिलेछ।तब जनतालाई जुट बाट बनेका तथा,कबच जस्ता एकरति पनि जाडो नथेग्ने कपडाबाट छुटकारा मिलेछ।त्यति मात्र कहाँ होर ती कटनका कपडा प्रबिधि नभएको  जापान सम्म  निर्यात भएछ।देशमा ठूलो आम्दानी भएछ।देश धनी भएछ भने जनताले न्यानो कपडा लगाउन पाएछन।


  देशको जनता प्रती चिन्तित देशप्रेमी ति शासकको  देहान्त भएको ४१बर्ष पछि त्यो देशका तत्कालिन राजा सेजोङ बडामहारजले उनलाई उच्चकोटिको प्रधानमन्त्रीको पदवी दिएर सम्मान गरेका थियरे।आज औधोगिक क्रान्ती संगै तिनै मुन इक जम को कारण कपास मात्र होर हांस,कुखुरा,चरा च्याखुरा,भेंडाबाख्रा सम्पूर्णको रौ प्रयोगमा आएको छ।अहिले त्यो कोरियामा लाखौं रुपैयाँ पर्ने न्यानो कपडा तयार बन्ने गरेका छन।हाम्रै देशमा पनि मेड इन कोरिया लेखेका(चीन बाट गएका)लामा लामा कोट र जकेट देख्न पाइन्छ।हामिले पनि पाट त रोपिन्छ नि गराको बीच बीचमा। तर प्रयोग चाहिँ दाम्ला,नाम्ला,जोतारा,डोरिको रुपमा मात्र सिमित हुन्छ।कपास पनि त रोपिन्छ घरको वरपर।तर रुई निकालेर ज्योती बाल्न मात्र प्रयोग गरिन्छ।


अब कामना गरौ ,

फोहरलाई मोहर बनाए जस्तै सरकारको नीति नियम बनि यस्मा पनि ध्यान जाओस।

हाम्रो देशको सरकारको नीति अझ राम्रो आयोस।जुन माटोमा जे फल्छ त्यस्को परिक्षण गराएर सबैलाई कृषिमा अझ बढी यो भन्दा पनि बढी जोड दिइएको होस। दाजुभाइ सम्पूर्णलाई स्वदेशमा बोलाई कारखाना खोली देशको बिकास गर्न आग्रह गरियोस।बेरोजगारीको समस्या नबनोस।सम्पुर्ण नेपाली दाजुभाइ मालिक हुने अबसर मिलोस।बढ्दो जि.डि.पि.को देश हाम्रो नेपाल भइजाओस।ऊन उत्पादन गरेर त्रिपालमा राख्ने भएकोले नेपाल नामाकरण भएको हाम्रो देश नेपालमा बिकास आओस्।बिदेशमा हुने सबैलाई बोलाइयोस।नेपालमा हुने बिदेसिनु नपरोस।

हामी सबैको कल्याण होस।


बिक्रम थापा , हाल दक्षिण कोरिया

कमेन्ट गर्नुहोस्