लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओली जस्तो लोकतान्त्रिक र उदारबादी नेता अरु को छ र : मुख्यमन्त्री शंकर पोखरेल

IMG

तिलोत्तमा २०७७ पुस १८। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओली जस्तो लोकतान्त्रिक र उदारबादी नेता अरु कोही नभएको जिकिर गरेका छन् ।मुख्यमन्त्री पोखरेलले राजा महेन्द्रले एउटा मात्रै राजमार्ग बनाएको र अहिले प्रधानमन्त्री ओलीले चारवटा त्यस्ता राजमार्ग निर्माण गरेको भन्दै त्यो बेला भन्दा अहिले चारगुणा बढी काम भएको दाबी गरे ।


पार्टी एकताको रक्षागर्न प्रतिनिधिसभा बिघटन गरी चुनावमा गएको हाे  :


पार्टी एकताको रक्षा गर्न प्रतिनिधिसभा बिघटन गरेर चुनावमा जाने घोषणा गरेको  बताए । शुक्रवार दाङको तुलसीपुरमा आयोजित ओली समुहको जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशका नेकपा इञ्चार्ज समेत रहेका मुख्य मन्त्री पोखरेलले त्यस्तो बताएका हुन् ।उनले प्रथम अध्यक्षका विरुद्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तयार गरेको अभियोग पत्र नै अहिलेको संकटको मुख्य कारण भएको बताए ।जसका केपी ओलीलाई कम्युनिष्ट समेत होइन,गणतन्त्रबादी होइन भन्ने जस्ता लाल्छना लगाइएको उनले बताए ।पोखरेलले प्रतिनिधि सभा विघटन गरि ताजा जनादेशका लागि निर्वाचनमा जाने कुरा कसरी तानाशाही कदम हुन सक्छ भन्दै प्रश्न समेत गरे।नेकपा दाङका जिल्ला पार्टी कार्यालय सदस्य हुकुमबहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई निर्वतमान प्रतिनिनिसभा सदस्य शान्ता चौधरी,  केन्द्रीय सदस्यहरु घनश्याम पाण्डे, छविलाल वली, गिरिराज केसी, मिलन चौधरी लगाएतले सम्वोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्