
बुटवल,पुस १३ ।प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरेको छ । कांग्रेसले आज एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हाे । कांग्रेस रुपन्देहीले ५ वटा निर्वार्चन क्षेत्रमा विरोध प्रर्दशन गरेको छ ।नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले भैरहवामा आयोजना गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले बालकृष्ण खांणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाउनुभयाे । उहाले नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्न काम भएको दावी गर्नुभयो ।
नेता खांणले ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको बताउनुभयो । कोरोना महामारीको रोकथामका लागि भनेर खरिद गरिएका सामाग्रीमा पनि भ्रष्टाचार गरिएको उहाले बताउँदै संसद भंग गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको उँहाको भनाइ छ ।
जनताको जनादेशविरुद्ध लाग्ने कुनै पनि राजनीतिक दलको विरोध गर्नुपर्ने उँहाले बताउँदै कांग्रेसको विरोधलाई हलुका रुपमा लिने शक्ति समाप्त हुने दावी गर्नुभयो ।संघीय सदनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खांणले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत कदम चालेकोले यसलाई सच्याउनुपर्ने र जनतासमक्ष माफी माग्नुपर्ने बताउनुभयो ।
उहाले जनतासंग माफी नमागे कम्युनिष्ट पतन हुने समेत गर्नुभयो । कांग्रेस संविधान र लोकतन्त्रको रक्षाको लागि बलिदान दिन पनि तयार रहेको खांणले बताउँनुभयो । त्यस्तै कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले कम्युनिष्ट कहिल्यै पनि लोकतान्त्रिक बन्न नसकेको बताउँनुभयो । उँहाले संसदलाई पुनस्र्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।लुम्बिनी प्रदेशसभा सदस्य तथा कांग्रेस नेतृ रमा अर्यालले ओली सरकारले संसद विघटन गरेर जनताको अधिकार खोस्ने काम गरेको बताउँनुभयो । उँहाले संविधानको रक्षा गर्न कांग्रेसले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउँनुभयो ।कांग्रेस महासमिति सदस्य तथा संविधानसभा सदस्य इस्तियाक अहमद खानले कम्युनिष्ट सरकारले जनतालाई केही दिन नसकेको बताउँदै उँहाले कम्युनिष्ट सरकारले किसानको लागि पनि केही गर्न नसकेको बताउनुभयो ।
कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले ओलीले अधिनायकवाद शैली नसच्याए कांग्रेस थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । भैरहवाको बुद्धचोकबाट सुरु भएको र्याली बर्मेलीटोली, नारायणपथ हुँदै मिलनचोमा पुगेर विरोधसभामा परिणत भएको कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका उपसभापति श्रीराम गुप्ताले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्