लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा जेसिजमा बासुदेबको नेतृत्व

IMG

पौष १२तिलोत्तमा।  तिलोत्तमा जेसिजको नवौं बार्षिक साधारणसभा तथा शाखा अधिवेशन सम्पन्न भएको छ ।अधिबेसनले तिलोत्तमा जेसिज बर्ष २०२१ को लागि नयाँ नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा जेसी बासुदेब शर्मा, कार्यकारिणी उपाध्यक्ष जेसी सन्दिप पौडेल ,कार्यकारिणी उपाध्यक्ष जेसी प्रकाश न्यौपाने,महासचिव जेसी बिनित भट्टराई ,काेषाध्यक्ष टीका पाैडेल (राेहित) कानुनी सल्लाहकार जेसी रमेश न्यौपाने निर्बिरोध निर्बाचित भएको निर्बाचन आयुक्त जय प्रकास भट्टराईले जानकारी दिए।




कार्यक्रममा प्रमुख अतिथि जेसिआई तिलोत्तमाका संस्थापक अध्यक्ष जेसिआई सिनेटर विनोद ढकाल, अध्यक्ष बर्ष २०२० का अध्यक्ष जेसी लोक प्रसाद भण्डारी (राजु) कार्यक्रम संचालक बर्ष २०२० का महासचिव जेसी वासुदेव शर्मा,  निर्वाचन आयुक्त, निबर्तमान अध्यक्ष जेसी जय प्रकाश भट्टराई अतिथि,पुर्ब अध्यक्ष जेसिआई सिनेटर यादव भट्टराई, पुर्ब अध्यक्ष जेसी विनोद सुवेदी  सल्लाहकार जेसी महेश पाैडेल , जेसी अरुण खनाल, अध्यक्षका प्रमूख कार्यकारी सहायक जेसी प्रकाश गाैतम लगायतको उपस्थीतीमा ई गार्डेन पार्टी प्यालेस तथा रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्