लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कालीका सामुदायीक बनको साधारणसभा सम्पन्न

IMG

प्रकाश गौतम ,पुस १२ तिलोत्तमा २०७७। कालीका सामुदायीक बन उपभोक्ता समुह तिलोत्तमा-११ रामनगरको २२ औ साधारणसभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष उमाकला चौधरीको अध्यक्षतामा सम्पन्न साधारणसभामा बोल्ने बक्ताहरुले अब बन घासं दाउराले मात्र चल्न नसक्ने बताउदै बनलाइ पयटनसगं जोड्नुपर्ने बताएका छन । सो साधारणसभा कार्यकममा बोल्दै डिभिजन बन कार्यालय रुपन्देहीका प्रमुख बोधराज शुबेदीले आम उपभोक्ताको सक्रियताले मात्र सामुदायीक बन अगाडी बढाउन सक्ने हुदा सबै उपभोक्ता बनको प्रगतिको लागि अग्रसर हुनुपर्ने बताउनुभयो ।



त्यस्तै जिल्ला समन्वय समीती रुपन्देहीका सदस्य कबिराम अर्यालले बनको संरक्षण आम उपभोक्ताको हातमा भएको बताउनुभयो । सब डिभिजन कार्यालय देवदहका प्रमुख चन्द्र बहादुर भाटले आवश्यकताको आधारमा उपभोक्ताले बन पैदावारको प्रयोग गर्न पाउने बताउदै बनलाइ अब पर्यावरण र पर्यटनसगं जोडनुपर्ने बताउनुभयो । कार्यक्रममा तिलोत्तमाका न्यायीक समीती सदस्य यज्ञश्वर क्षेत्री , सदस्य हरि गौतम , सुखौरा हरियाली सामुदायीक बनका अध्यक्ष बेद गीरी , हरि काफ्ले लगायतले बोल्दै बनलाइ बचाउदै उत्पादन मुलक रुख लगाई अब स्वरोजगारीतर्फ लाग्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा सुरज ज्ञवाली, प्रकाश गौतम लगायतले बोल्नुभएको थियो । सस्थाका उपाध्यक्ष राम बहादुर मल्लको स्वागतमा भएको कार्यक्रमको सन्चालन सस्थाका सचिब चित्र बोहोराले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्