
तिलोत्तमा २०७७ पौष ११। झुपडीको बास , भएकी एउटि छोरी एचआइभी संक्रमित, अनि आफ्नो उमेर ७० बर्ष। गरिविमै चल्दै थियो धनबहादुरको दिनचर्या। बिहान खाए बेलुका के खाउ भन्ने चिन्ता ले सताउथ्यो उनलाई। तर सबै लागुन दैब नलागोस भन्छन , त्यस्तै भयो धनबहादुरलाई। अहिले सामाजिक सेवामा क्रियाशील तिलोत्तमाको एक सस्था लायन्स क्लब अफ मिडटाउन कोटिहवा र लियो क्लब अफ मिडटाउन कोटिहवाको संयुक्त सहयोगमा बन्न लागेको धनबहादुर थापा मगरको घर बनाउ अभियान अन्तर्गत घर निर्माण कार्य अन्तिम चरणमा रहेको छ। घर निर्माण गर्न क्लबले सहयोग जुटाउदै आएको लियो क्लब अफ मिडटाउन कोटिहवाका अध्यक्ष योगेश पराजुलीले जानकारी दिए।
त्यस्तै आफ्नो सानो सानो सहयोगले एउटा छानो सजिन सक्छ भने किन सहयोग नगर्ने भनेर सबैमा सहयोग को अपिल गरिएको लायन्स क्लब अफ मिडटाउन कोटिहवाका अध्यक्ष शालिक भण्डारीले बताए। आफुहरु जना श्रम दान र केहि नगद खर्च जुटाई त्यो घर पुरा गर्ने सो निर्माण समितिका संयोजक तारा छन्त्यालले बताए। धनबहादुरको घर निर्माण छिट्टै सम्पन्न गरिने र आगामी दिनमा त्यस्तो खालका गरिवी र दुखीको लागि सधै सहयोगी बन्न आफुहरु अग्रसर हुने लियो क्लब अफ मिडटाउन कोटिहवाका अध्यक्ष योगेश पराजुलीले बताए। उनले सो कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोही मनहरुमा हार्दिक धन्यवाद दिदै सहयोग गर्न इच्छुक व्यक्ति तथा सस्थालाई हार्दिक अपिल समेत गरेका छन्। सो घर निर्माण करिव ३ लाखमा सम्पन्न हुने अड्कल क्लबले गरेको छ।
कमेन्ट गर्नुहोस्