लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाले गर्यो प्रमुख प्रशासकीय अधिकृतको बिदाई र स्वागत

IMG

तिलोत्तमा, २०७७ पौष ६।  देशकै नमुना नगरपालिकाको रुपमा चिनिदै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत सफल निवर्तमान प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माको बिदाइ तथा सम्मान कार्यक्रम आज सम्पन्न भएको छ। सो कार्यक्रममै नव प्रवेशी प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई स्वागत समेत गरिएको छ। नव प्रवेशी प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल टोखा नगरपालिका बाट सरुवा भै तिलोत्तमा नगरपालिकाको लागि कार्य गर्न आएका हुन्।  


तिलोत्तमा नगरको विकास र सेवा प्रवाहको क्षेत्रमा सक्रिय भएर कार्य गर्नुभएकोमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मालाई स-सम्मान मायाको चिनो दिएर बिदाई गर्नुभएको हो। शर्माले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्दै नगरप्रमुख घिमिरेले जुनसुकै स्थानमा पुगेपनि सहयोग समन्वय र सहकार्यका लागि आग्रह गर्नुभएको थियो । नगरपालिकाबाट हुने समग्र कामहरुको व्यवस्थापनमा जनप्रतिनिधिहरु, कर्मचारी , आम जनताको लागि निकै खटेर कार्य गर्दै सरोकारवालाहरुसंग शर्माले समन्वयकारी भूमिका निर्वाह गरेका कारण नगरका कामहरुलाई प्रभावकारी बनाउन सहयोग पुगेको नगरप्रमुख घिमिरेको भनाइ छ। 


आज तिलोत्तमा नगरपालिका केवलानी स्थित नगरपालिकाको सभाहलमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, संघ संस्था, सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो। त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गर्दै आउनुभएका शर्माको कार्य कुशलताको तारिफ गर्दै नगर उप-प्रमुख जागेश्वरीदेवी चौधरीले जनताको सेवक भएर सेवा प्रवाहलाई चुस्तदुरुस्त र छिटो छरितो बनाउन निकै प्रसंशनीय कार्य गरेको प्रति खुसि ब्यक्त गर्नुभयो।  नगर उप-प्रमुख चौधरीले शर्माको कार्य गर्ने शैलीले सेवा प्रवाहमा नया आयाम थपेको र नगरपालिकाको बिकाश निर्माण, नगरपालिकाबाट दिइने सेवाहरुमा कुनै कमि नआएको समेत बताउनुभयो।  


कार्यक्रममा निबर्तमान प्रमुख प्रसासकिय अधिकृत शर्मालाई धन्याबाद तथा नव प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेल लाई स्वागत गर्दै नेकपा नगर अध्यक्ष मोहन चापागाईं , नेका का नगर सभापति हरिलाल पाण्डे , नेकपाका लक्ष्मन खनाल , नेकाका शिव गैरे , निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख गङ्गा राम आचार्य , विभिन्न वार्डका अध्यक्ष,जनप्रतिनिधि , नगरपालिकाका कर्मचारी लगायत शुभचिन्तक हरुले शुभकामना दिएका थिए।  


बिदाइ कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले छोटो समयमै पारिवारिक रुपमै सबैको सहयोगमा कार्य गर्न पाएकोमा खुसि ब्यक्त गर्दै नगरपालिकाको बिकाशमा आफुले गर्न सक्ने योगदान गर्न अझै तत्पर रहेको बताउनुभएको थियो।  उहाले देशमै उच्च स्थान हासिल गरेको तिलोत्तमा नगरको भबिष्य यहाको जनताको हातमा रहेकोले आम जनताको सहयोग प्रति धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो।  


त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको रुपमा तिलोत्तमा नगरपालिकामा आउनुभएका  प्रदिप पौडेलले सबैको सहयोगले नै नगरको बिकाशसंगै देश बिकाशको बाटोमा जान सकिने हुनाले नगरपालिकाले गरेको स्वागत प्रति आभार ब्यक्त गर्नुभएको थियो। प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगर बिकाश र सेवा प्रबाहको लागि आफु सबै संग मिलेर उल्लेख्य काम गर्ने बताउनुभएको छ। निवर्तमान प्रशासकीय अधिकृत माधव प्रसादशर्माज्यूको गृह मन्त्रालयमा सरुवा भएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पौडेल टोखा नगरपालिकाबाट तिलोत्तमा नगरपालिकामा सरुवा हुनुभएको हो । 


कमेन्ट गर्नुहोस्