लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संसद् विघटन विरुद्ध प्रदर्शन

IMG

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा विभिन्न पार्टी र उनीहरुका भ्रातृ संगठनले विरोध प्रदर्शन गरेका छन् । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघ, विवेकशील र अनेरास्ववियुका कार्यकर्ताले बानेश्वर र माइतीघरमा प्रदर्शन गरेका हुन् ।




नेविसंघले  ओलीको कदमविरुद्व माइतीघरमा कोणसभा गरेको छ भने अनेरास्ववियु र विवेकशीलले संयुक्त रुपमा ओली कदमविरुद्ध नारावाजी गर्दै बानेश्वरतर्फ लागेको छ ।प्रधानमन्त्री ओलीले संसदको ५ वर्षे कार्यकाल पुरा हुनुअघि नै संसद् विघटनको प्रस्ताव गरेपछि राष्ट्रपतिले सरकारको उक्त प्रस्ताव प्रमाणित गरेकी थिइन् । जसअनुसार संसद भंग भएको छ भने आगामी वैशाख १७ र २७ गते आम निर्वाचनको मिति तोकिएको छ । 

कमेन्ट गर्नुहोस्