लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

झरना स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश,उपाधि जित्ने दाउमा

IMG

तिलोत्तमा मङ्सिर ३० २०७७। प्रथम प्रचण्ड थैव स्मृती कप फुटवल अन्तरगत मँगलबारको खेलमा झरना स्पोर्टिङ क्लब विजयी भएको छ । बुटवलको सिद्धेश्वर मैदानमा जारी प्रतियोगिता अन्तगत आजको खेल जित्दै झरना सेमिफाइनलमा प्रवेश गरेको हो । क्वाटर फाइनल खेलमा फर्साटिकर एफसीलाई १–शुन्य गोल अन्तरले पछि पार्दै झरना अघिल्लो चरणमा प्रवेश गरेको हो ।


झरनाका लागि जर्सि नम्बर १० का मोहन थापाले खेलको ३९ औं मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक हुन पुगेको थियो । प्रतियोगितामा थापा म्याद अफ दि म्याच घोषित भएका छन् । फाइनल प्रवेशका लागि झरनाले यस अघि नै सेमिफाइनल पुगिसकेको शिवनगर युवा परिवारको सामना गर्ने छ । जारी प्रतियोगिता अन्तरगत बुधबार हुने अन्तिम क्वाटर फाइनल खेलमा जनज्योती युवा क्लब डिंगरनगर र सिद्धार्थ युवा क्लबका बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । बुधबारको विजेता टिमले यस अघि नै सेमिफाइनल प्रवेश गरेको आयोजक सौभाग्य युवा क्लब ‘ए’ सँग फाइनल प्रवशेका लागि प्रतिस्पर्धा गर्ने छ । सो खेलसंगै झरनाले उपाधि जित्ने दाउमा रहेको झरना स्पोर्ट्स क्लबका अध्यक्ष लोक पुनले बताए। 


प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । यसैगरि उपविजेता टिमले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ ।

कमेन्ट गर्नुहोस्