लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘ओलीकै कारण राजावादी सडकमा आए’: सभापति देउवा

IMG

तिलोत्तमा, २०७७ मंसिर २९। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै कारण राजावादी सडकमा आएको बताएका छन् । उनले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको आरोप लगाए ।‘अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको देखिन्छ । देउवाले भने, त्यो कम्युनिस्ट सरकार र ओलीकै कारण भएको हो ।’मकवानपुरको हेटौंडामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्ट सरकारबाट जनता वाक्क दिक्क भएको कारण देशभर आन्दोलन गर्न बाध्य भएको बताएका छन् । उनले सडक जाम गरेर, पसल बन्द गराएर यसरी विरोध गर्न रहर नभएको भन्दै सरकारका कामले जनता आजित भएको बताए ।

कमेन्ट गर्नुहोस्