
२०७७ मंसिर २२ बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भावना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका छन् । बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवााङको अस्थाई संरचना मै कार्यालयहरु लैजादँ राज्यलाइ करोडौ रुपया आर्थिक भार पर्ने भएकाले उपर्युक्त स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजादा उपर्युक्त हुने उनीहरुको धारणा छ ।रिपोर्टर्स् क्लव लुम्बिनी प्रदेश बुटवलद्वारा आयोजित साक्षात्कार कायक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामाकरणपछि सरकार दायीत्व पूरा नभएको भन्दै नयाँ ठाउँमा राजधानी स्थापित गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए ।‘प्रदेशसभाको हिँउदे अधिवेशन दाङमा गर्ने हल्ला सुनिएको छ, यहि हालतले देउखुरीमा कसरी बैठक बस्न सक्छ, संरचना केहि छैनन् ? ’उनको प्रश्न छ । उनले भने- ‘अस्थायीबाट फेरि अस्थायी कसरी जाने भौतिक संरचनाको निमार्ण सकेर लैजानुपर्छ ,बरु छिटो काम होस्।’
उनले नेकपा विवाद कुनै सैद्धान्तिक र वैचारिक नभएको भन्दै सत्ता र शक्ति केन्द्रीत भएको टिप्पणी गरे । उनले यस्तो महामारीको बेलामा पार्टी भित्रको झगडाका कारण देशलाई बर्वाद बनाउन नहुने भन्दै जनताप्रति खेलबाड नगर्न उनको आग्रह छ । उनले सरकारलाई सत्तामा बस्ने कुनै अधिकार नभएको आरोप लगाए ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश प्रमुख सचेतक भुमेश्वर ढकालले राजधानी स्थापित र व्यवस्थित गर्न समय लाग्ने बताए । उनले दीर्घकालिन संरचना निमार्ण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको बताए । उनले प्रदेश सरकार दीर्घकालिन योजना साथ अगाडी बढेको भन्दै प्रतिपक्षले लगाउने गरेको भष्ट्रचारको आरोपको खण्डन गरे ।
उनले भने- ‘सरकारले भ्रष्ट्रचार ,अनियमितता गरेको भए प्रमाणित गर्न चुनौति दिन्छु ,यदि त्यसो भए प्रदेशको लेखा समिति के हेरेर बसेको छ ?’ उनले बुटवलबाट राजधानी सरेपनि आर्थिक केन्द्र भने बुटवलमा नै रहने दावी गरे ।बुटवलबाट तत्काल सेयर कारोवारको व्यवस्था पनि शुरु हुन लागेको ढकालले जानकारी दिए । साक्षात्कार कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
कमेन्ट गर्नुहोस्