लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा र सैनामैनाका गरि थप २ जना कोरोना संक्रमितको मृत्यु

IMG

मङ्सिर २१ तिलोत्तमा । रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट अर्का एक जनाको मृत्यु भएको छ ।तिलोत्तमा नगरपालिका वडा नं. १४ का ८४ वर्षीय वृद्धको आइतबार बिहान ९ बजेर २४ मिनेटमा मृत्यु भएको छ ।स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भैरहवास्थित भीम अस्पताल पुगेका ती वृद्धको पीसीआर परीक्षण गर्दा यही मंसिर १० गते कोरोना पोजेटिभ देखिएको थियो ।त्यसपछि उनलाई सोही दिन अस्पतामा भर्ना गरेर उपचार गरिँदै आएको थियो । तर, उपचारकै क्रममा उनको आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिएका छन् ।ती वृद्धलाई पहिलेदेखि नै निमोनिया, प्रोस्टेट, पत्थरी लगायतको समस्या रहेको डा. पोखरेलले बताएका छन्। 


त्यस्तै सैनामैना नगरपालिका–१, रुपन्देहीकी ५५ वर्षकी महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइतबार विहान मृत्यु भएको छ ।कोरोना अस्पताल बुटवलका अनुसार उनि महिलाको उपचारको क्रममा आइतबार बिहान ४:१५ बजे मृत्यु भएको हो ।उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्