लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको सुख्खानगरमा गोली चल्यो, एकजना घाईते

IMG

२०७७ मंसिर २१। रुपन्देहीको बुटवल सुख्खानगरमा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगर स्थित कलस होटलमा गोली चल्दा राकेश न्यौपाने नाम गरेका एक व्यक्ति घाइते भएको प्रहरीले बताएको छ । गैडाको खाग तस्करीमा संलग्नहरु बसेको सुुुुुुुचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले पिस्तोल खोसेर प्रहार गर्न खोज्दा गोली प्रहारबाट तस्कर समूहकै एकजना घाईते भएको बताईएको छ । सो घटनाको क्रममा कलश होटलमा गोली चलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनाराण थापाले पुष्टि गर्नुभएको छ । घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाईतेको चिउडोमा गोली लागेको बताईएको छ । प्रहरीका अनुसार प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना प्रहरी घेरा तोडेर भागेका छन् ।

कमेन्ट गर्नुहोस्