
बुटवल,मंसिर ८- बुटवलको नयाँ बसपार्कमा हिजो ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोती रहेका छन् । बसपार्क अगाडि आइतबार दिउँसो ४ बजे लु २ ख १९०५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवारी मानबहादुर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्