
मङ्सिर ६ गते २०७७ तिलोत्तमा ।रुपन्देहीको तिलोत्तमा ११ रोहिणी पुल नजिक जंगलमा बाख्रा चराउन गएका एक बृद्धको मृत्यु भएको छ । ६९ बर्षीय अमर सापकोटा बिहानै बाख्रा चराउन गएका तर घर फर्केर नआएकाले खोजतलास हुदा एक ७/८ फिटको खाल्डोमा लडेर मृत्यु भएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ। ति बृद्धको लडेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ भने घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।बिहानै खाना खाएर निस्केका उनि साँझ मात्र मृत फेला परेका थिए।
कमेन्ट गर्नुहोस्