लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विदेशबाट फर्किएका बेरोजगार युवाको तथ्यांक संकलन गरिँदै

IMG

३० कात्तिक, काठमाडौं । सरकारले विदेशबाट फर्किएर मुलुक भित्र बेरोजगार भई बस्नु परेका युवाको तथ्यांक संकलन भएको छ । २४ कात्तिकको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश पुगेपनि कोरोना भाइरसको संक्रमणका कारण स्वदेश फर्किएर बेरोजगार बस्न बाध्य भएका युवाको तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो ।उक्त काम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक स्थानीय तहमा खटिएका रोजगार संयोजकमार्फत गर्नेछ । सोही प्रयोजनका लागि मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी तथ्यांक संकलन थाल्न निर्देशन समेत दिएको छ । मन्त्रालयका अनुसार यो काम रोजगारीको सम्भाब्यता अध्ययनका लागि हुन लागेको हो ।सोहीकारण कोभिड १९ को कारणबाट भारतसहित अन्य मुलुकबाट रोजगारी गुमाएका वा अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार युवाको तथ्यांक संकलन गरिनेछ । उनीहरुमध्ये १८ देखि ५९ वर्ष समुहलाई मात्र सूचीमा राखिने छ ।मन्त्रालयले १५ दिन भित्र यस्तो तथ्यांक पठाउन सबै स्थानीय तहलाई आग्रह समेत गरेको छ । तथ्यांक संकलन गर्दा अब जिल्ला, गाउँपालिका, वडा, नामथर र व्यक्तिगत अन्य विवरण संकलन गरिने छ । विदेशमा रहँदा संलग्न भएको सीप र तालीम, कुन मुलुकबाट फर्केको, विदेशबाट फर्कनुको कारण र सम्पर्क नम्बरसहितको प्रतिवेदन संकलन गर्न लागिएको हो ।


बेरोजगार अन्य व्यक्तिको छुट्टै विवरण संकलन गरिने

सोही अवसरमा नेपालमै रहेर बेरोजगार बस्नु परेका युवाको समेत विवरण संकलन गरिने भएको छ । रोजगार संयोजकमार्फत १८ देखि ५९ वर्षका बेरोजगार युवाको तथ्यांक संकलन गरिने भएको छ । उक्त विवरणमा व्यक्तिसँग भएको दक्षता, सीप र तालिमको अवस्था समेत संकलन गरिने छ । बेरोजगार हुनुको कारण र अपांगता भए–नभएको विवरण समेत यसमा भरिने भएको छ ।मन्त्रिपरिषद् बैठकले यसरी संकलन भएर आएको विवरणमा आधारित भई मुलुक भित्रै स्वरोजगारी र रोजगारी सिर्जनाको कार्ययोजना निर्माणको जिम्मा अर्थ मन्त्रालयलाई दिएको छ । मन्त्रालयले सम्बन्धित विषयगत मन्त्रालयसँगको परामर्शमा तयार पार्ने भएको छ। 

कमेन्ट गर्नुहोस्