लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

tillotmacitynews - 2020 Nov 14 09:17 PM
IMG

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार ८ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २५०३ रहेको छ ।  मन्त्रालयका अनुसार योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्